छात्रवृत्तिको रकम उपलव्ध गराउन अनेरास्ववियूको माग

  • साउन ३०, २०७७
  • ४१६ पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,३० साउन ः अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हात्तिसार क्याम्पसर धरान इकाई समितिले विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति वापतको रकम उपलव्ध गराउन माग गरेको छ ।

अनेरास्ववियूले शुक्रवार ज्ञापन पत्र वुझाउदै छात्रवृत्ति वापतको रकम तत्काल उपलव्ध गराउन माग गरेको हो ।

इकाई अध्यक्ष आशिष प्रधानले संगठनले स्थापना देखि नै विद्यार्थीको हितमा काम गर्दै आएको र कोराना भाईरस (कोविड १९)ले आर्थिक रुपमा आक्रान्त पारेको अवस्थामा छात्रवृत्तिको रकमले पनि विद्यार्थीमा ठूलो राहत पुग्ने वताए ।

यस महामारीको समयमा उक्त छात्रवृत्ती रकमले परिवारले नै ठूलो टेवा पुग्ने भएकोले सो रकम तत्काल उपलव्ध गराउन संगठनले माग गरेको छ ।

हालै क्याम्पस प्रमुख हुनु भएका डा दिलकुमार लिम्वुलाई ज्ञापन पत्र वुझाउदै अनेरास्ववियूले भौतिक पूर्वाधारको थप विकास गर्दै समग्र शैक्षिक सुधार गर्दै गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिमा वृद्धि गर्न समेत माग गरेको छ ।

क्याम्पसको पहिचान दिने भौतिक पूर्वाधार सहितको हात्तिको प्रतिमा सहितको फाउण्डेश निर्माण गर्ने कार्यको भने स्वागत गरेको छ ।

क्याम्पसमा विएस्सी फिजिक्स माइक्रोवाइलोजी र विटेक ७५ जना विद्यार्थी भर्ना गरीने कोटा रहेकोमा त्यसमा २५ जनालाई छात्रवृत्ति प्रदान गरीदै आएको छ ।भर्ना समयमा वुझाएको रकम छात्रवृत्ति पाउने विद्यार्थीलाई फिर्ता दिने गरीएको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic