छात्रवृत्तिको रकम उपलव्ध गराउन अनेरास्ववियूको माग

  • साउन ३०, २०७७
  • ३८१ पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,३० साउन ः अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हात्तिसार क्याम्पसर धरान इकाई समितिले विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति वापतको रकम उपलव्ध गराउन माग गरेको छ ।

अनेरास्ववियूले शुक्रवार ज्ञापन पत्र वुझाउदै छात्रवृत्ति वापतको रकम तत्काल उपलव्ध गराउन माग गरेको हो ।

इकाई अध्यक्ष आशिष प्रधानले संगठनले स्थापना देखि नै विद्यार्थीको हितमा काम गर्दै आएको र कोराना भाईरस (कोविड १९)ले आर्थिक रुपमा आक्रान्त पारेको अवस्थामा छात्रवृत्तिको रकमले पनि विद्यार्थीमा ठूलो राहत पुग्ने वताए ।

यस महामारीको समयमा उक्त छात्रवृत्ती रकमले परिवारले नै ठूलो टेवा पुग्ने भएकोले सो रकम तत्काल उपलव्ध गराउन संगठनले माग गरेको छ ।

हालै क्याम्पस प्रमुख हुनु भएका डा दिलकुमार लिम्वुलाई ज्ञापन पत्र वुझाउदै अनेरास्ववियूले भौतिक पूर्वाधारको थप विकास गर्दै समग्र शैक्षिक सुधार गर्दै गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिमा वृद्धि गर्न समेत माग गरेको छ ।

क्याम्पसको पहिचान दिने भौतिक पूर्वाधार सहितको हात्तिको प्रतिमा सहितको फाउण्डेश निर्माण गर्ने कार्यको भने स्वागत गरेको छ ।

क्याम्पसमा विएस्सी फिजिक्स माइक्रोवाइलोजी र विटेक ७५ जना विद्यार्थी भर्ना गरीने कोटा रहेकोमा त्यसमा २५ जनालाई छात्रवृत्ति प्रदान गरीदै आएको छ ।भर्ना समयमा वुझाएको रकम छात्रवृत्ति पाउने विद्यार्थीलाई फिर्ता दिने गरीएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic