पार्टी पद्धति विपरित कार्य नगर्न नेकपा सुनसरीको चेतावनी

  • भदौ ८, २०७७
  • ४,५४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले पार्टीको नीति र पद्धति विपरित कुनैपनि कार्य नगर्न चेतावनि दिएको छ ।

नेकपा सुनसरी जिल्ला कमिटिका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेश कुमार बस्नेतले आइतवार विज्ञप्ति जारी गरी कसैले पनि पार्टी पद्धति विपरित कार्य नगर्न चेतावनि दिएका हुन ।

जिल्लाका केही नेताहरुले पार्टी एकताको भावना विपरित केही दिन अघि गुटवन्दी गर्दै हिडेकामा पार्टीको गम्भिर ध्यान आकर्षण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

जारी विज्ञप्तीमा पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पार्टी एकतामा आँच पुर्याउदै कुनै निश्चित नेताको पक्षमा सडकमा नारा लगाउने, पूर्व पार्टीको नाममा गुटगत भेला गरी पार्टीका कतिपय कमिटि, कमिटिका नेताहरुको मानमर्दन गर्ने जस्ता गतिविधि भएका समाचारहरु सञ्चार माध्यममा आउदा नेकपा जिल्ला कमिटि सुनसरीको गम्भिर ध्यान आकर्षण भएको उल्लेख गरेको छ ।

पार्टीको विधि र पद्धती उल्लङ्घन गर्दै गुटगत क्रियाकलाप नर्गन र यस्ता गतिविधमा संलग्न नहुन विज्ञप्तीमा लेखिएको छ ।
पार्टी नीति विपरित कार्य नगर्न प्रदेश तथा केन्द्रिय कमिटिका नेताहरुलाई समेत विज्ञप्तीमा सचेत गराइएको छ ।

केन्द्रिय कमिटि तथा प्रदेश कमिटिका नेताहरु समेत सहभागी भएको सञ्चार माध्यमबाट जानकारी हुन आएकोले त्यस्ता गतिविधि नगर्न, नगराउन विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

केही दिन अघि सुनसरीको रामधुनीमा २ जना केन्द्रीय नेता तथा प्रदेश कमिटी सदस्य तथा प्रदेशका मन्त्री सांषद तथा जिल्ला कमिटीका सदस्यहरु सहभागी भएको समाचार सार्वजनिक भएको थियो ।

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic