कांग्रेस छाडी नेकपामा प्रवेश

  • भदौ ११, २०७७
  • १,७४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
खोटाङ,११भदौ ः खोटाड.को दिक्तेल रुपाकोट मझुवागढीमा नेपाली कांग्रेस पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरु वढन थालेकाछन् ।

जिल्लामा दर्जनको संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता कांग्रेस पार्टीै परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सोल्मा २ मा विभिन्न टोलबाट नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा धन ब बास्तोला, दिपेन्द्र राई, लक्ष्मी प्रसाद राई, मित्र दाहाल , सुब्रन राई, वसन्त कार्की, शंकर राई, ,निकेस राई, सुजन राई, सालिक राई, पवन राई लगायत छन् ।

नेकपा २ नं.वडा कमिटीले गरेको टोल पार्टी अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम समेत गरीएको थियो ।

वर्तमान पार्टीको उद्देश्य तथा जनताको गुनासो सुझाव सङ्कलन टोल अभियानको छैटौं दिन बेशिटोल , रबुटोल ,होस्माटोलका गरि ११ जना नेकपामा प्रवेश गरेको वडा पार्टी कमिटी अध्यक्ष सप्तमणी राईले जानकारी दिए ।

नवप्रविशिहरुलाई नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री , नेकपा पार्टि अध्यक्ष सप्तमणि राई , सचिव सुमन राई , जिल्ला पार्टी सचिवालय सदस्य बिनोद आचार्य , उपिनकुमार राई , नगरकमिटी सचिवालय सदस्य धुर्वबिक्रम राई , गोपालचन्द्र आचार्य , विशन राई लगायतले नवप्रवेसीलाई स्वागत गरेका थिए ।

यस अघि विभिन्न पार्टी परित्याग गरि मुडे,लाली, भर्यङेगे ,वातल र भुल्के टोलका २९ जना नेकपामा प्रवेश गरिसकेको पनि अध्यक्ष राईले थप जानकारी दिएकाछन् ।

 

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic