नेकपा सचिवालय बैठक पाच दिनका लागि स्थगित

  • भदौ १२, २०७७
  • १,३९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ,१२ भदौ ः शनिवार वस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पाच दिनका लागि स्थगित भएको छ ।

सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक पाच दिनका लागि स्थगित गरिएको हो ।

स्थगित बैठक भदौ १८ गते वस्ने तय गरीएको छ ।

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठकलाई पाँच दिन पर धकेलिएको हुन ।

गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयले शनिबार सचिवालय बैठक बस्ने निर्णय गरेका थिए ।

बैठकमा पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

सो कार्यदलले अ‍ोलीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने, पार्टी सञ्चालन प्रचण्डले गर्ने, पार्टीको महाधिवेशन आगामी चैत्र महिनामा गर्ने लगायतका सुझाव दिएको थियो ।

सुझाव कार्यदलको वुझाएको प्रतिवेदन माथि छलफल गरेर पार्टीको विवाद समाधान गर्ने अपेक्षा गरीएको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic