खोटाङमा कांग्रेस छाडनेको लर्को

  • भदौ १३, २०७७
  • २,४५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ भदौ ःखोटाङ जिल्लामा कांग्रेस छाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेक्रम वढेको छ ।

सोहीक्रममा शनिवार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी ६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका २ नं. वडा कमिटिले गरेको टोल पार्टी अभियान अन्तर्गत ,”वर्तमान पार्टीको उद्देश्य तथा जनताको गुनासो सुझाव सङ्कलन टोल अभियानको सातौं दिनमा सो पार्टी प्रवेश गराइएको थियो ।

नेकपाका वडा नं–२ का वडा कमिटी अध्यक्ष सप्तमणि राईका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राजेस भुजेल,नवीन भुजेल,सीता बि. क.,सुरेस भुजेल,कमल बोहिरा,लक्ष्मण पुरि रहेकाछन् ।

नवप्रवेशी मध्ये सिता वि.क. भने गत स्थानीय निकायको निर्वाचनमा वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट महिला सदस्यकी उम्मेद्वार वनेकी थिइन् ।

नवप्रविशिहरुलाई नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री , नेकपा वडा पार्टि अध्यक्ष सप्तमणि राई , सचिव सुमन राई , जिल्ला पार्टी कार्यालय सदस्य कुमार आचार्य , उपिनकुमार राई , नगरकमिटी सचिब गोपाल आचार्य ,सचिवालय सदस्य धुर्वबिक्रम राई , लगायतले स्वागत गरेका थिए ।

यस अघि विभिन्न पार्टी परित्याग गरि मुडे,लाली, भर्यङेगे ,वातल र भुल्के टोलका २९ जना बेसिटोल रबुटोल बाट ११जना नेकपामा प्रवेश गरिसकेको वडा कमिटी अध्यक्ष सप्तमणी राईले जानकारी दिएकाछन् ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic