खोटाङमा कांग्रेस छाडनेको लर्को

  • भदौ १३, २०७७
  • २,४२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ भदौ ःखोटाङ जिल्लामा कांग्रेस छाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेक्रम वढेको छ ।

सोहीक्रममा शनिवार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी ६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका २ नं. वडा कमिटिले गरेको टोल पार्टी अभियान अन्तर्गत ,”वर्तमान पार्टीको उद्देश्य तथा जनताको गुनासो सुझाव सङ्कलन टोल अभियानको सातौं दिनमा सो पार्टी प्रवेश गराइएको थियो ।

नेकपाका वडा नं–२ का वडा कमिटी अध्यक्ष सप्तमणि राईका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राजेस भुजेल,नवीन भुजेल,सीता बि. क.,सुरेस भुजेल,कमल बोहिरा,लक्ष्मण पुरि रहेकाछन् ।

नवप्रवेशी मध्ये सिता वि.क. भने गत स्थानीय निकायको निर्वाचनमा वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट महिला सदस्यकी उम्मेद्वार वनेकी थिइन् ।

नवप्रविशिहरुलाई नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री , नेकपा वडा पार्टि अध्यक्ष सप्तमणि राई , सचिव सुमन राई , जिल्ला पार्टी कार्यालय सदस्य कुमार आचार्य , उपिनकुमार राई , नगरकमिटी सचिब गोपाल आचार्य ,सचिवालय सदस्य धुर्वबिक्रम राई , लगायतले स्वागत गरेका थिए ।

यस अघि विभिन्न पार्टी परित्याग गरि मुडे,लाली, भर्यङेगे ,वातल र भुल्के टोलका २९ जना बेसिटोल रबुटोल बाट ११जना नेकपामा प्रवेश गरिसकेको वडा कमिटी अध्यक्ष सप्तमणी राईले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic