सुनसरीमा कांग्रेस छाडदै नेकपामा जोडिदै

  • असोज १०, २०७७
  • ८७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असोज ः यतिवेला पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खोटाड. र भोजपुर पछि सुनसरीमा पनि यो कार्यले निरन्तरता पाएको छ ।

सुनसरीमा पनि पार्टी प्रवेशको कार्यक्रमले निरन्तरता पाएको छ ।

शनिवार स्थानीय समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलका स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका हुन ।

pati 2

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेका क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, चन्द्र मण्डलसहितका काग्रेसका नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य प्रदेश १ का ईन्चार्ज तथा पूर्व सस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले नेकपामा प्रवेश गराएका स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा वोल्दै नेता आचार्यले मुलुकलाई समृद्धिको दिशामा लैजान नेकपा बाहेक अरुले नसक्ने भन्दै निर्वाचनको बेलामा गरेका प्रतिवद्धताहरु पुरा गर्नै पर्नै बताए ।

सरकारले सोचे जस्तो काम गर्न नसकेकोमा पार्टीले खबरदारी गरेको बताउदै उनले पार्टीको मातहतमा सरकार सञ्चालन गर्ने सहमति पार्टी भित्र भइसकेको पनि बताए ।

नेता आर्चायले आगमी दिनमा नेकपाको सरकारको प्रवाव कारितामा वृद्धि हुने र नव कमरेडहरुको क्षमता अनुसारको पार्टीले जिम्मेवारी दिने बताएका थिए ।

पूर्व मन्त्री आचार्यले कोरोना पिडित र वाढीपिडित हरुको लागि राहत र पूनर्स्थापनाको लागि अहोरात्र खटेर काम गर्दै आएकाछन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश १ कमिटी सदस्यहरु पोष्ट नेपाल, किरण कार्की, प्रदेश सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष पप्पु मण्डल लगायत नेताहरुको उपस्थित रहेको थियो ।

प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश एकका सदस्य पोष्टकुमार नेपाल, किरणकुमार कार्की, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, सचिवालय सदस्य पर्शुराम यादव लगायतका नेता कार्यकर्ताहरुले बोल्नुभएको थियो ।

नेकपा भोक्राहा नरसिहका नेता हेमनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र यादव, शिवकुमार यादव, चन्दन यादव, सत्यनारायण यादव लगायतका नवप्रवेशीहरु सगै स्थानियहरुले नरसिह क्षेत्रको विकासका लागी नेकपाका नेताहरुलाई साथ दिन माग गरेका थिए ।

विगत केही महिना यता देखि पहाडी जिल्ला भोजपर र खोटाड.मा अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।सुनसरीमा पनि पार्टी प्रवेशको शुरुवात भएको नेकपाको दावी रहेको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic