खेम बहादुर माझी
धरान,३० कार्तिक ः सरकारी विद्यालयमा छोरा छोरी पढाउदा पढाई कमजोर हुन्छ भन्ने सोचलाई सुनसरीको इटहरीको जनता माध्यामिक विद्यालयले चुनौति दिएको छ ।
जुनसुकै हिसावले सरकारी विद्यालयका विद्यार्थीहरुले पनि नीजि विद्यालयका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्न सक्छन भन्ने गतिलो उदाहरण वन्दै चुनौति समेत दिएको छ ।
सामान्य सरकारी विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको छ ।
सरकारी विद्यालयमा पढाई हुदैन भनेर हेला गर्नेहरुका लागि जनता माविले निकै गतिलो झापट दिएको छ ।
विधालय प्रशासनका अनुसार गतवर्ष कक्षा ११ मा ३सय ५० जना विद्यार्थी भर्ना गरिएको थियो ।
अरु विद्यालयलाई भर्नाको समयमा विद्यार्थीहरु भर्नाको लागि मरीहत्ते गर्नुपर्दछ तर पनि विद्यार्थी आउदैनन्तर जनतामा विद्यालय भर्ना गर्दा प्रवेश परीक्षा लिने गरीएको छ । अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेको जनता मा.वि.ले पहिलो चरणमा नै विद्यार्थीहरुलाई निकै आर्कषण गरेको थियो ।यो वर्ष भने कोभिड १९ का कारण प्रवेश परिक्षा हुन नसक्दा आवेदन दिने सबै विद्यार्थीको भर्ना लिइएको छ ।
कक्षा ११ मा राम्रा स्कुलका राम्रा विद्यार्थीहरुसमेत भर्नाको लागि आएको विद्यालयका प्रार्चाय छत्रपति ढुंगेलले वताउनुभयो ।यस वर्षदेखि विद्यालयमा अध्ययन गर्ने थप वातावरण निर्माण गरी अझ राम्रो र स्तरीय बनाएन लागेको प्रार्चाय ढुंगेललेको भनाई रहेको छ ।
ढुंगेलका अनुसार विद्यालयसँग अहिले स्तरीय कम्प्युटर ल्याबका साथै अंग्रेजी माध्यममा आइडी, प्रोजेक्टर र ल्यापटपबाट कक्षा सञ्चालन भइरहेको छ ।
प्राचार्य ढुंगेलले विद्यालयलाई प्रदेश नं १ कै उत्कृष्ठ विद्यालय निर्माण गर्ने लक्ष्यका साथ विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन शिक्षक अभिभावकहरु लागि रहेको वताउनुयो ।
नेपाली माध्यमलाई पनि नमुना विद्यालय बनाउनकालागि सेवा सुविधा थप गर्दै अर्को वर्षबाट विज्ञान संकाय सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो ।आवश्यक पूर्वाधार सरकारको नमुना विद्यालय अभियान अन्तर्गत निर्माण हुनेछ ।
नमुना विद्यालय विकास अन्र्तगत २०७३÷ २०७४ मा मुलुकभर छनौट भएका २२२ वटा विद्यालय मध्ये १ नं. प्रदेशमा ४२ वटा छनौट भएका थिए त्यसमा सुनसरीबाट ५ वटा छनौट भएकोमा जनता मावि पनि परेको थियो ।
विद्यालयले नमुना विद्यालय घोषणा तयारीका लागि ४८ करोडको गुरुयोजना पेस गरेका थियो ।यसबाट भवन निर्माण,शैक्षिकआधुनिक शिक्षा प्रदान गरीने गुरु योजनामा समावेश गरीएको छ ।
नमुना विद्यालयको गुरुयोजना सहित अघि वढेको जनतामा यतिवेला निजी विद्यालयमा राम्रो नतिजा ल्याएर पास भइरहेका विद्यार्थीहरु पनि जनतामा भर्ना भएका छन् ।
सामुदायिक विद्यालयको प्रमाणपत्रको मान्यता राम्रो हुने अनि जनता स्कुलको शिक्षा निजीको भन्दा फरक नभएकोले अझ शुल्क सस्तो रहेकोले जनता स्कुल छनौट पर्न थालेको छ ।
लोभलाग्दो सरकारी नमुना विद्यालय पाच वर्ष भित्रमा प्रदेश नं १ कै उत्कृष्ट बनाउने लक्ष्यका साथ व्यवस्थाप समिति, विद्यालय प्रशासन र अभिभावक लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको भनाई रहेको छ ।
विद्यालयका हरेक सफलतामा शिक्षक विद्यार्थी र अभिभावकको पूर्ण सकृयता,साथ र सहयोगबाट नै संभव भएको दावी समेत गर्नुहुन्छ ।
अविभावकहरुको सन्तुष्टि, विद्यालयको व्यवस्थापकीय क्षमता र व्यवस्थापन समितिको दूरगामी महत्वको योजनाका कारण जनता विद्यालयलाई नमुना विद्यालय बनाउने भनेर नेपाल सरकारले आर्थिक सहयोग गरिरहेको छ । सोअनुसार अत्याधुनिक भवन र अन्य पूर्वाधार निर्माण हुनेछन् ।
कक्षा ११ र १२ मा पनि प्रविधिमैत्री कक्षा कोठाहरुको व्यवस्था गरेर पढाइरहेको अध्यक्ष दंगालको भनाई रहेको छ ।
राम्रो सिकाइ वातावरणका लागि घोकाएर भन्दा पनि बुझाएर सिकाइने गरिन्छ । बसको सुविधा र डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठाको व्यवस्थालाई विद्यालयले विशेष जोड दिएको छ ।
विद्यालयका शिक्षक शिक्षिकादेखि लिएर सबै जना अहिले निजि विद्यालयकोभन्दा सरकारी विद्यालयमा राम्रो तथा गुणस्तरीय शिक्षा दिनु पर्छ भनेर लागि परेका छन् ।
शिक्षाको गुणस्तरमा निजीभन्दा राम्रो शिक्षा दिन जनता स्कुलको एक मात्र लक्ष्य रहेको विद्यालयका सहायक प्राचार्य तथा प्लस टु को अर्डिनेटर पशुपती सिग्देल बताउनु हुन्छ ।
विद्यालयका शिक्षक प्रतिनिधि शिवराज दाहाले अंग्रेजी माध्यममा मात्र १२ सय विद्यार्थी गतवर्ष भर्ना भएको जम्मा २५ सय विद्यार्थी रहेको वताउनुभयो ।विद्यालयको शिक्षाको गुणस्तर थप कायम गर्दै नमूना विद्यायलय निर्माण गर्ने अभियानमा सवै लागि परेको वताउनु भयो ।
कोरोना माहामारी (कोविड १९)का वावजुद पनि प्रविधिको उपयोग गर्दै शैक्षिक सुधारका काममा शिक्षकहरु अहोरात्र खटिरहेको दावी गर्नुभयो ।
पछिल्लो समय जनतामा विद्यार्थीहरुको आर्कषण वढन थालेको छ । सरकारी विद्यालयमै गुणस्तरीय शिक्षा पाउन थालेपछि अभिभावक पनि ढंग परेकाछन् ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic