धरानका निजी विद्यालय आइतबार देखि खुल्ने प्राविको ४ र ५ र माविको ८,९,१० मात्र खुल्ने

  • मंसिर २०, २०७७
  • १,७९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ःविगत नौ महिना देखि वन्द रहेको धरानको नीजि विद्यालयहरु आगामी आइतवारदेखि खुल्ने भएकाछन् ।

कोरोना महामारीको कारण बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका हुन् ।

निजी तथा संस्थागत विद्यालयहरूले उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने तयारी भईरहेको एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिएकाछन् ।

स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार विद्यालय खुल्दा विद्यार्थी सङ्ख्या कम भए एक सिफ्ट र धेरै भएमा २ सिफ्टमा कक्षा सञ्चालन हुनेछ ।

ट्रायलका लागि माध्यामिक विद्यालय सञ्चालन भएका विद्यालयहरुले ८,९,१० र प्राथमिक विद्यालय मात्र भएका स्कुलले ४ र ५ कक्षा सञ्चालन गरीने भएको छ ।

कक्षा पुरै समय नभई बिहान १० बजे देखि १ बजे सम्म र १ बजे देखि ४ बजे सम्म दैनिक ३ घण्टाका दरले दुई सिफ्टमा कक्षा सञ्चालन गरीने तयारी भईरहेको विद्यालयहरुले जनाएकाछन् ।विद्यालयले स्कुल बस र टिफिन भने सञ्चालन नगर्ने भएकाछन् ।

विद्यालय सञ्चालन गर्दा अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था र एउटा बेन्चमा २ जना मात्रै विद्यार्थी राखेर कक्षा सञ्चालन गरीने भएको छ ।यो अभ्यास सफल भएको अवस्थामा अन्य कक्षाहरु समेत शुरु गरीने भएको छ ।

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic