धरानका निजी विद्यालय आइतबार देखि खुल्ने प्राविको ४ र ५ र माविको ८,९,१० मात्र खुल्ने

  • मंसिर २०, २०७७
  • १,८३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ःविगत नौ महिना देखि वन्द रहेको धरानको नीजि विद्यालयहरु आगामी आइतवारदेखि खुल्ने भएकाछन् ।

कोरोना महामारीको कारण बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका हुन् ।

निजी तथा संस्थागत विद्यालयहरूले उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने तयारी भईरहेको एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिएकाछन् ।

स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार विद्यालय खुल्दा विद्यार्थी सङ्ख्या कम भए एक सिफ्ट र धेरै भएमा २ सिफ्टमा कक्षा सञ्चालन हुनेछ ।

ट्रायलका लागि माध्यामिक विद्यालय सञ्चालन भएका विद्यालयहरुले ८,९,१० र प्राथमिक विद्यालय मात्र भएका स्कुलले ४ र ५ कक्षा सञ्चालन गरीने भएको छ ।

कक्षा पुरै समय नभई बिहान १० बजे देखि १ बजे सम्म र १ बजे देखि ४ बजे सम्म दैनिक ३ घण्टाका दरले दुई सिफ्टमा कक्षा सञ्चालन गरीने तयारी भईरहेको विद्यालयहरुले जनाएकाछन् ।विद्यालयले स्कुल बस र टिफिन भने सञ्चालन नगर्ने भएकाछन् ।

विद्यालय सञ्चालन गर्दा अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था र एउटा बेन्चमा २ जना मात्रै विद्यार्थी राखेर कक्षा सञ्चालन गरीने भएको छ ।यो अभ्यास सफल भएको अवस्थामा अन्य कक्षाहरु समेत शुरु गरीने भएको छ ।

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic