बलात्कार आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाई

  • मंसिर २३, २०७७
  • २,९४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई दिएको छ ।

पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो ।

उनलाई सोमबार जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश अर्जुन कोइरालालको इजलाशले सफाई दिएका हुन् । यद्यपी न्यायाधिश कोइरालाको फैसला भने विवादास्पद रहेको छ ।

सरकारी वकिलको कार्यालयले मिसिल सर्वोच्चमा पठाउनु परेको कारण हाल उपलब्ध नभएकोले पेशी हटाउन कारणसहित निवेदन दिएको थियो ।

न्यायाधिश कोइरालाले भने उक्त निवेदन अस्वीकार गर्दै एकतर्फी बहस गराएर सिद्ध बाबालाई सफाई दिएको पाइएको छ । मिसिल सर्वोच्चमा भएको कारण मिसिल विना बहस गर्न सम्भव नभएकोले पेशी हटाउन निवेदन दिइएको सरकारी वकिल गोकुल निरौलाले बताए ।

‘मिसिल सर्वोच्चमा पठाइएको थियो, हामीसँग छैन । मिसिल नभएपछि बहसमा जाने कुरा पनि भएन,’उनले भने,‘हामीले कारणसहित निवेदन दिएका थियौं । तर न्यायधिशले स्वीकार गरेनछन्, सरकारी वकिल र पीडित पक्षका कोही पनि वकिल गएनन् ।

कानुनी प्रावधान अनुसार मुद्दाका दुवै पक्षका वकिलले ३ पटकसम्म पेशी हटाउन पाउने व्यवस्था छ । सोही अनुसार सरकारी वकिलको कार्यालयले कारण खुलाएर पहिलो पटक पेशी हटाउन निवेदन दिए पनि स्वीकार नगरी एकपक्षीय बहस गराएर न्यायाधिश कोइरालाले सफाई दिएकोप्रति कानुन व्यवसायीहरुले नै आश्चर्य प्रकट गरिरहेका छन् ।

तीन पटकसम्म त कारण खुलाएर पेशी हटाउन पाइन्छ, यो मुद्दामा त मिसिल नै सर्वोच्चमा भएकोले प्रष्ट कारण थियो । योजनावद्धरुपमा नै सफाई दिइएको हो,’एक कानुन व्यवसायीले टिप्पणी गर्दै भने ।

आफुलाई बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी गरेपछि करिब एक बर्षअघि सिद्धबाबालाई सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

तर प्रहरी हिरासतमा नबसी विरामी भएको नाटक गरेर उनले अस्पतालमा नै बिताएका थिए । तत्कालीन मुख्य न्यायाधिश राधाकृष्ण उप्रेतीले पनि उनलाई २०७६ पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।

उच्च अदालत विराटनगरले जिल्लाको आदेश उल्टाएपछि भारत फरार भएका सिद्धबाबा ४० दिनपछि अदालत हाजिर भएका थिए । त्यसपछि उनी पुर्पक्षमा कारागार चलाए भएका थिए भने पुनरावेदनको आदेशविरुद्ध सर्वोच्च गए पनि एक साताअघि मात्र सर्वोच्चले पुनरावेदनकै आदेश सदर गरिदिएको थियो । तर, सर्वोच्चको यो आदेश आएको एक साता पछि नै जिल्ला अदालतले उनलाई सफाई दिएको हो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic