बलात्कार आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाई

  • मंसिर २३, २०७७
  • २,९९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई दिएको छ ।

पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो ।

उनलाई सोमबार जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश अर्जुन कोइरालालको इजलाशले सफाई दिएका हुन् । यद्यपी न्यायाधिश कोइरालाको फैसला भने विवादास्पद रहेको छ ।

सरकारी वकिलको कार्यालयले मिसिल सर्वोच्चमा पठाउनु परेको कारण हाल उपलब्ध नभएकोले पेशी हटाउन कारणसहित निवेदन दिएको थियो ।

न्यायाधिश कोइरालाले भने उक्त निवेदन अस्वीकार गर्दै एकतर्फी बहस गराएर सिद्ध बाबालाई सफाई दिएको पाइएको छ । मिसिल सर्वोच्चमा भएको कारण मिसिल विना बहस गर्न सम्भव नभएकोले पेशी हटाउन निवेदन दिइएको सरकारी वकिल गोकुल निरौलाले बताए ।

‘मिसिल सर्वोच्चमा पठाइएको थियो, हामीसँग छैन । मिसिल नभएपछि बहसमा जाने कुरा पनि भएन,’उनले भने,‘हामीले कारणसहित निवेदन दिएका थियौं । तर न्यायधिशले स्वीकार गरेनछन्, सरकारी वकिल र पीडित पक्षका कोही पनि वकिल गएनन् ।

कानुनी प्रावधान अनुसार मुद्दाका दुवै पक्षका वकिलले ३ पटकसम्म पेशी हटाउन पाउने व्यवस्था छ । सोही अनुसार सरकारी वकिलको कार्यालयले कारण खुलाएर पहिलो पटक पेशी हटाउन निवेदन दिए पनि स्वीकार नगरी एकपक्षीय बहस गराएर न्यायाधिश कोइरालाले सफाई दिएकोप्रति कानुन व्यवसायीहरुले नै आश्चर्य प्रकट गरिरहेका छन् ।

तीन पटकसम्म त कारण खुलाएर पेशी हटाउन पाइन्छ, यो मुद्दामा त मिसिल नै सर्वोच्चमा भएकोले प्रष्ट कारण थियो । योजनावद्धरुपमा नै सफाई दिइएको हो,’एक कानुन व्यवसायीले टिप्पणी गर्दै भने ।

आफुलाई बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी गरेपछि करिब एक बर्षअघि सिद्धबाबालाई सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

तर प्रहरी हिरासतमा नबसी विरामी भएको नाटक गरेर उनले अस्पतालमा नै बिताएका थिए । तत्कालीन मुख्य न्यायाधिश राधाकृष्ण उप्रेतीले पनि उनलाई २०७६ पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।

उच्च अदालत विराटनगरले जिल्लाको आदेश उल्टाएपछि भारत फरार भएका सिद्धबाबा ४० दिनपछि अदालत हाजिर भएका थिए । त्यसपछि उनी पुर्पक्षमा कारागार चलाए भएका थिए भने पुनरावेदनको आदेशविरुद्ध सर्वोच्च गए पनि एक साताअघि मात्र सर्वोच्चले पुनरावेदनकै आदेश सदर गरिदिएको थियो । तर, सर्वोच्चको यो आदेश आएको एक साता पछि नै जिल्ला अदालतले उनलाई सफाई दिएको हो ।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic