युएन नवोदय कलेज प्रदेश १ कै उत्कृष्ट ल्याउन सफल

  • माघ ३०, २०७७
  • ८,४०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ३० माघ ः युएन नवोदय कलेजले कलेज धरानले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्याथीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।

बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ लाई सम्मान गरीएको थियो ।

4

उनीहरु प्रदेश १ कै उत्कृष्ठ रहेको विद्यालयको दावी रहेको छ ।

कलेजले दिएको जानकारी अनुसार रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीयको नतिजा हात पार्न सफल वनेकी छिन् । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ जिपिए र दिलाले २०२० मै ३.६२ जिपिए ल्याउन सफल बनेकी थिइन् ।

3 2

उनीहरुलाई कलेजले प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको थियो । उनीहरुलाई प्रोत्साहन गर्नको लागि पुरस्कृत समेत गरीएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले वताएकाछन् ।

क्याम्पस प्रमुख तुम्बापोका अनुसार गत वर्ष पनि कलेजका विद्यार्थी होटल म्यानेजमेण्ट,म्यानेजमेन्ट तर्फ प्रदेश १ को प्रथम साथै टियुअन्तर्गत देशभरबाट सेकेण्ड टपर समेत बन्न सफल भइसकेकाछन् । 

2 (2)

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कलेजले सफलता हात पार्नमा शिक्षक, अभिभावकको भूमिका र विद्यार्थिको मिहिनेतका कारण निरन्तर सफलता हासिल गर्दै आएको दावी गरे ।

कार्यक्रमको सञ्चालन होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठले गरेका थिए ।

धरानमा भएका कलेज मध्ये युएन कलेज छोटो समयमा सफलताको उचाईमा पुग्ने कलेजको रुपमा पहिचान वनाउन सफल वनेको छ ।

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic