हात्तिसार क्याम्पसमा पहिलो पटक विआईटी कोर्ष शुरु मुलुकलाई आवस्यक पर्ने दक्ष जनशक्ति पुरा हुने विश्वास

  • चैत १६, २०७७
  • १७,४३६ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ
धरान,१६ चैत ः कम्प्युटर क्षेत्रको जनशक्ति उत्पादन गर्ने उदेश्यले धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक व्याच्लर इन इनफरमेसन टेक्नोलोजी (विट)को भर्ना शुरु गरेको छ ।

पहिलो वर्षका लागि ३६ जनाको लागि क्याम्पसले यसैसाताबाट कलेजमा भर्ना शुरु गरेको हो ।

कलेजले दिएको जानकारी अनुसार यो ४ वर्षे कोर्ष रहेकोमा ६ महिनाको एक सेमेस्टर र ८ सेमेस्टरमा यो कोर्ष सकिनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका आंगिक क्याम्पसहरुलाई मात्र यो कोर्ष पढाउनका लागि स्विकृति दिइएको हात्तिसार क्याम्पस धरानका क्याम्पस प्रमुख दिलकुमार लिम्वुले जानकारी दिएकाछन् ।

यो नेपालको लागि नया कोर्षको रुपमा पढाई शुरु भएको हो । यो कोर्ष २०७६ सालबाट नेपालमा पढाई शुरु भएको हो ।

क्याम्पसले दिएको जानकारी अनुसार जुनसुकै विषय लिएर प्लस टु उर्तिण गरेका विद्यार्थीहरुले फारम भर्न पाउनेछन् भने फारम भर्दा परिक्षा केन्द्र उल्लेख गरेका कुनैपनि ठाउबाट परिक्षा दिन मिल्ने व्यवस्था रहेको छ ।

धरानमा पढनको लागि पोखराका विद्यार्थीले पोखराबाटै परिक्षा दिन सक्नेछन् ।

परिक्षा विराटनगर,चितवन,काठमाडौं र महेन्द्रनगरबाट पनि दिन सकिनेछ । प्रवेश परिक्षाका लागि विद्यार्थीले अनलाइन प्रणालीबाट आफूलाई सहज हुने कुनैपनि ठाउबाट परिक्षा दिन सक्नेगरी फारम भर्न पाउने व्यवस्था क्याम्पसले गरेको छ ।

जुन विद्यार्थी जहा छ उसले सोही क्षेत्रबाट परिक्षा दिन पाउने छ । प्रवेश परिक्षामा उत्र्तिण भएका विद्यार्थीहरुले मात्र सो कोर्ष पढन पाउनेछन् ।

कम्प्युटर विषयलाई विशेष आर्कषण क्षेत्र वनाएपनि यहा सामाजिक लगायत अन्य कार्य गर्न सक्ने दक्षजनशक्ति उत्पादन गरीनेछ ।

नेपालका लागि समय सापेक्ष कोर्ष तयार गरीएको र उत्पादित जनशक्तिले तुरुन्तै रोजगारीको ग्यारेन्टी हुने क्याम्पस प्रमुख दिलकुमार लिम्वुको दावी रहेको छ ।प्राविधिक मात्र नभएर अन्य क्षेत्रको पनि दक्ष जनशक्ति उत्पादन हुने भएकोले रोजगारीको सुनिश्चित हुनेछ ।

यो कोर्ष पुरा भए लगत्तै मुलुकलाई आवस्यक रहेको कम्प्युटर अधिकृत लगायत आवस्यक दक्ष जनशक्ति पुरा हुदै जाने क्याम्पस प्रमुख लिम्वुको विश्वास रहेको छ ।

लिम्वुका अनुसार यो कोर्ष पुरा गर्नको लागि करिव ३ लाख ५० हजार अनुमानित खर्च लाग्नेछ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic