कोविडका कारण एसइई र कक्षा १२ को परीक्षा स्थगित

  • वैशाख २७, २०७८
  • १,४९१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२७ वैशाख ः कोविडको संक्रमणका कारण एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि आगामी जेठ १३ गतेदेखि सञ्चालन हुनेदुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उनले बताए ।

कोरोना महामारीबीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

बोर्डका अनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा ढाँचा तयार गर्ने बताइएको छ ।

गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी छ । यस वर्षको एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी छ । कक्षा १२ मा करिब चार लाख परीक्षार्थीको सहभागिता हुने छ ।

बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गत वर्ष पनि कोरोना महामारीबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

छाल खवरधरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा ...

हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ अनुशासन, गु

धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ स्थित एक ...

हिविस्कसमा एईईमा उर्तीण विद्यार्थीहरुलाई सम्मान

छाल खवरधरान,१७असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एस.ई.ई पर ...

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic