एम्बुलेन्सबाट गाँजाको कारोवार धरानबाट दुईजना पक्राउ

  • जेठ ११, २०७८
  • १,९६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ जेठ ः एम्बुलेन्समा गाँजा ओसारपसार दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा शहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्ने वर्ष २८ का पोशन राई रहेका छन् ।

गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएकाछन् ।

हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको वस्नेतको भनाई रहेको छ ।

वस्नेतका अनुसार एम्बुलेन्सबाट १सय किलो गाँजा बरामद भएको थियो ।

दुवैलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic