मेघा कलेज धरानका विद्यार्थीद्धारा पुर्नस्थापना गृहलाई सहयोग

  • जेठ २७, २०७८
  • ९,२२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेठ ः मानवीय सेवा गर्नका लागि धनाढ्य हुनु पर्दैन केवल मन भएपुग्छ भन्ने भावनालाई प्रतिनिधित्व गर्दै धरान १२ चतरालाईन स्थित धरान मेघा कलेजका विद्यार्थीहरुले चरीतार्थ गरेर देखाएकाछन् ।

असोक दर्जीेले गाएको धन विनाको मन ठूलो कि मन विनाको धन भन्ने गित जस्तै उनीहरुले सहयोग गर्नको लागि ठूलो धनराशी हैन केवल मन भएपुग्छ भन्ने यसको ज्वालन्त उदाहरण वनेकाछन्् ।

सोही कलेजमा बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले गाँस काटेर भएपनि आर्थिक संकलन गरेर धरान १ स्थित छाताचोक मा रहेको पुर्नस्थापना गृहलाई बिहिबार खाद्यान्न सामाग्री बितरण गरेका छन।

megha final photo 2

कलेजका विद्यार्थीहरुले केन्द्रका सञ्चालक भिम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरि १२ हजार ७५ रुपैया बराबरको खाद्य सामाग्री बितरण गरेको कलेजका निर्देशक अजुर्न घिमिरेले जानकारी दिनभयो ।

यस अघि कलेजमा सचेत नागरिक समूह धरान १७ र धरान मानव कल्याण समाजलाई क्रमश ५÷५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।

megha photo final 6

यो कोविडको माहामारीमा बिद्यार्थीहरुको पनि सामाजिक दायित्व हुन्छ भन्ने कुरालाई आत्मसाथ गरि आफ्ना साथिहरुका घर घरमा गएर अभिभावकलाई भेटी आर्थिक संकलन गरेर सहयोग गरेको छात्रा सपना राईले जानकारी दिएकीछिन् ।

बिद्यार्थीहरुको समाज सेवा प्रतिको भावनाबाट ओतप्रोत भई उनीहरु स्वत स्र्फुत रुपमा जागरुक भई आर्थिक संकलन गरेर माहामारीको समयमा सहयोग गर्छौ भनेर उत्साहित भएपछि कलेजले समन्वय गरेर हौसला दिएको कलेजका संंयोजक चन्द्र वनेमले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुको सहयोग गर्ने सोच र भावनालाई उत्साहित गर्दैै कलेजले समन्वयकारी भूमिका निर्वाह गरेको शैक्षिक निर्देशक अर्जुन घिमिरेले उल्लेख गर्नुभयो ।

कार्यक्रममा धरान मेघा कलेजका प्रीन्सिपल भास्कर पौडेल लगायत अन्य विद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । धरानका कलेजहरु मध्ये मेघा कलेजले छोटो समयमा शिक्षा क्षेत्रमा आफूलाई स्थापित गर्न सफल वनेको छ ।

यस वर्ष कलेजमा विद्यार्थीहरुको उल्लेखनीय उपस्थितिले पनि आफूहरु उत्साहित वनेको कलेजका संयोजक चन्द्र वनेमको भनाई रहेको छ ।

धरान मेघा कलेज र हिमालयन वोडिड. स्कुल युवाहरुको समूहले नयाँ व्यवस्थापनका साथ यस वर्षदेखि सञ्चालन गर्न शुरु गरेको छ ।

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic