खाद्य प्रविधि विषय नेपालमै पहिलो पल्ट प्लस टु लेवलमा मेघा कलेजमा

  • असार ५, २०७८
  • १०,७५५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,५ असारः धरान मेघा कलेजले यसै वर्षदेखि नेपाल मै पहिलो पटक नयाँ विषयमा कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ ।

कलेजले विज्ञान संकाय अन्तर्गत नेपाल मै पहिलो पल्ट खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सञ्चालन गर्ने भएको हो ।

यो शैक्षिक सत्र देखि प्लस टु सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको शिक्षा निति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने नितिलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गत शैक्षिक सत्र सम्म कक्षा १० सम्म र व्याचलर तह सञ्चालन गर्दै आएको थियो ।

मेघाले यस सत्रबाट विज्ञान संकाय र व्यवस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ ।

त्यसै गरेर व्यवस्थापन तर्फ होटल मेनेजमेण्ट पनि पठनपाठन गराउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे जनाएका छन ।

नेपालमा व्याचलर तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भैरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तह बाटै व्यवाहारिक शिक्षबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने डाइरेक्टर घिमिरेले बताए ।

ब्याचलरमा पढाइ हुने विषयलाई ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभुत ज्ञान प्राप्त गर्न सक्ने छन । यो विषयमा १२ पास गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञान सम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा हस्पिटलमा रोजगारको लागी दक्ष बन्ने घिमिरेको दावी रहेको छ ।

नयाँ विषय ल्याउन चुनौती भएता पनि उक्त विषयको पठनपाठन गराउन पुर्ण रुपमा तयारी भएको घिमिरेले बताए । नयाँ विषय सञ्चालनमा ल्याउँदा विषेश गरेर प्राध्यापकहरुकै समस्या हो तर मेघालाई प्राध्यापकको सवालमा त्यस्तो ठुलो चुनौती नभएको उनले दावी गरेकाछन् ।

घिमिरेका अनुसार धरानकै विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा आवद्ध रहेर प्राध्यापन गर्दै आएका दक्ष प्राध्यापकहरुबाट प्राध्यानपन गराउने तयारी गरिएको छ ।

त्यसै गरेर आवश्यक प्रयोगशालाहरु पनि निर्माण सम्पन्न भएको बताए ।

विज्ञान प्रविधि विषय सञ्चालनका लागि ४२ लाख बराबरको लागतमा प्रयोगशालाको समेत तयारी भैसकेको उनले जानकारी दिएकाछन् ।

त्यसैगरी विज्ञान संकाय अन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याइने भएको छ त्यसको लागी आवश्यक भौतिक पूर्वाधारतयार भैसकेको डाइरेक्टर घिमिरेले बताए ।

यसका साथै होटल मेनेजमेण्टको लागी आवश्यक प्रयोगशाला किचन सबै तयार हुने क्रममा छ जसरि पनि यो सत्रका विद्यार्थीहरुलाई उक्त सुविधाबाट बन्चित नहुने उनले बताए ।

कलेजको सम्पुर्ण भौतिक संरचनाहरु दिर्घकालिन भएको डाइरेक्टर घिमिरेले बताएका छन ।

उनले कलेजको योजना ११ र १२ कक्षा मात्र हैन भोलीको समयमा विश्वविद्यालय तहको लागी काठमाण्डौ केन्द्रित विद्यार्थीहरुलाई धरानमा शिक्षा प्रदान गर्ने योजना हो ।

मेघा केलेजलाई धरानको नमुना कलेजको रुपमा स्थापित गर्दै पूर्वको शैक्षिक क्षेत्रको बलियो आधार निर्माण गर्ने लक्ष्यका साथ अघि वढेको उनको भनाई रहेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic