पत्रकारको नाममा रकम ठगी गर्ने २ जना पक्राउ

  • असार ६, २०७८
  • २,३४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार ःपत्रकार हौ भन्दै व्यापारीहरुसँग अवैध रुपमा रकम उठाउने दुइजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि उनीहरुले रकम ठगी गर्र्दै आएका थिए ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान(१, उठाएको रकम अभिलेख भएको डायरी थान(१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान(१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान(१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान(१ बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।

उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ ।

पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic