एम्स एकेडेमीमा यस बर्षदेखि आमसञ्चार पढाई हुने

  • असार ६, २०७८
  • ११,६०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार ः एम्स एकेडेमी धरान १२ मा यस वर्षदेखि आमसञ्चार विषयमा पढाई हुने भएको छ ।

एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा आमसञ्चार विषयको पढाई शुरु गर्ने भएको हो ।

एकेडेमीले नयाँ भर्नाका लागि अनलाइन प्रि–रजिष्ट्रेसन समेत खुल्ला गरेको हो ।

एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ ।

एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता गर्न सक्ने व्यवस्था गरीएको छ ।

अनलाइन मार्फत आवेदन दिने विद्यार्थीहरुले रिजल्ट आएपछि प्रवेश परीक्षा दिनुपर्ने र त्यसपछि भर्ना शुरु गरीने भण्डारीको भनाई रहेको छ ।

एकेडेमीले शैक्षिक यो शैक्षिक सत्रमा केही बिषय थप गर्ने र विद्यार्थी संख्या पनि ४ सय भर्ना गर्ने लक्ष्य राखेको छ ।

एम्समा यसअघि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाको अध्यापन भइरहेको छ ।

aims add chhal 1

भण्डारीका अनुसार अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षा,कोठा, सुविधा सम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाई, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्सको बिशेषता रहेको छ ।

गत वर्ष पनि एम्स एकेडेमीमा कोही अनुतिर्ण नभएको कलेजको दावी रहेको छ ।पढाईका बाहेक अतिरिक्त क्रियाकलापमा पनि कलेजले जोड दिदै आएको छ ।

जिल्ला भरिमा प्लस टु लेभलमा स्काउटिङ क्रियाकलाप सञ्चालन गर्ने एम्स मात्र रहेको कलेजको दावी रहेको छ ।

गत बर्ष एम्सले फुटलब, भलिवल, बास्केटवलमा जिल्ला भरिमा प्रथम हुन सफल भएको थियो । मोरङमा आयोजित प्रदेशस्तरीय फुटबलको फाइनल खेलसम्म एम्स पुग्न सफल वनेको थियो ।

कितावी ज्ञान मात्र नभएर व्यवहारी र नैतिक शिक्षामा समेत विद्यार्थीहरुलाई दिने कलेजको अर्को विशेषता रहेको छ ।
एम्समा धरानका अन्य कलेज भन्दा अनुभव र दक्ष शिक्षकहरुले अध्यापन गराउने गरेकाछन् ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic