व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्दै सुनाखरी एकेडेमी

  • असार १०, २०७८
  • ७,९८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः सुनाखरी एकेडेमी धरान–१२ मा यस वर्षदेखि व्यवस्थापन संकायमा कक्षा–११ को पढाई हुने भएको छ ।

एकेडेमीले दिएको जानकारी अनुसार यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा नया भर्र्नाको तयारी भइरहेको छ ।

विद्यार्थीहरुको आर्कषण बैंक क्षेत्रमा दिनप्रतिदिन बढन थालेकोले व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्न लागिएको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिनुभयो ।

hhhhh

विद्यार्थीैहरुको अनावस्यक भीड जम्मा गर्ने भन्दापनि परिणाममुख शिक्षातर्फ आफूहरु अघि वढने प्रिन्सिपल राईको भनाई रहेको छ ।

उहाले धेरै विद्यार्थीको भीड जम्मा नगरी ३५÷ ३५ जनाको दुइ सेक्सन सञ्चालन गर्ने तर परिक्षाको परिणाम उत्कृष्ट ल्याउने लक्ष्य रहेको वताउनु भयो ।

आफूहरु स्वस्थ प्रतिस्पर्धामा जाने र गुणस्तरीय शिक्षा दिदै व्यवहारीक बनाउने उदेश्य साथ एकेडेमी रहेको बताउदै आफूहरु अभिभावक, विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिनेलगायतको कार्य नगर्ने तर गुणस्तरीय शिक्षा दिएर अभिभावक र विद्यार्थीको मन जितेर देखाउने दावी समेत गर्नुभएको छ ।

शेयर बजार सम्वन्धि पनि विद्यार्थीहरुलाई थप जानकारी दिने एकेडेमीको योजना रहेको छ ।

विद्यालय तहका विद्यार्थीहरु स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा सधै सफलता हात पारेको सो एकेडेमीले कलेज लेवलमा पनि यस्तो सफलतालाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

मिस्टर एण्ड मिस सुनाखरी आइकन प्रतियोगिता कलेजको अर्को विशेषता रहेको प्रिन्सिपल राईले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रतियोगितामा विजेता हुने विद्यार्थीले नगद दश हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसले विद्यार्थीहरुको पढाईका अतिरिक्त क्रियाकलापमा समेत आर्कषण बढनेछ ।यसका अतिरीक्त आउट वेस रिपोटिङ अन्य कुराको लेखनको अभ्यासमा समेत विद्यार्थीहरुलाई तालिम दिइनेछ । कृषि क्षेत्रको भ्रमण गराइनेछ । कृषि क्षेत्रको भ्रमणले  कृषि उत्पादनमा समेत जानकारी राख्न सहज हुने एकेडेमीको भनाई रहेको छ ।
एकेडेमीमा हाल विद्यालय तहमा ४ सय ५० विद्यार्थी अध्ययनरत रहेकाछन् ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic