के के इन्टरनेशनल स्कुलमा यस वर्षदेखि प्लस टु लेवल पढाई सुरु पहिलो भर्ना पहिलो प्राथमिकता स्कुलको यस वर्षको योजना

  • असार ११, २०७८
  • १३,९८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असार ः छोटो समयमा नै शिक्षा क्षेत्रमा आफूलाई पहिचान गराउन सफल के.के. इन्टरनेशनल स्कुल धरान १५ ले यस शैक्षिक सत्रदेखि प्लस टु लेवलको पढाई सुरु गर्ने तयारी गरेको छ ।

केके स्कुलले यस वर्षदेखि विज्ञान, व्यवस्थापन,कम्प्युटर विज्ञानमा थप पढाई शुरु गर्न लागेको हो ।

स्कुलका प्रिन्सिपल डा त्रिदेव उपाध्यायका अनुसार भर्नाका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिसकेको छ ।

2

प्रिन्सिपल डा उपाध्यायले विद्यालयले विशेष गरी प्लस टु लेवलमा नै इञ्जिनियरीङ र मेडिकल इन्ट्रान्सको तयारी गराउने जानकारी दिनुभयो ।

स्कुलको यस अघिको एकपछिको सफलता नै उच्चशिक्षाको लागि बलियो जग रहेको उहाँको भनाई रहेको छ । स्कुलका अभिभावक,विद्यार्थीहरुको बलियो साथ र शिक्षक कर्मचारीहरुको मेहनत र व्यवस्थापन पक्षको वोल्ड निर्णय नै स्कुलको पहिलो आधार भएको उहाँलेृ वताउनुभयो ।

डा उपाध्यायले विद्यार्थीहरुका लागि स्कुलले अत्याधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला, क्लाउड वेस्ड कम्प्युटर ल्याब, सिम्याट तयारी कक्षा र कार्यक्रम कक्षा र शैक्षिक परामर्श कक्षाको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।

5

पहिलो भर्ना पहिलो प्राथमिकता स्कुलको यस वर्षको योजना रहेको र गुणस्तरीय शिक्षामा कोही कसैसंग सम्झौता नहुने उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीको भीड जम्मा गनेभन्दा पनि दक्षजनशिक्त उत्पादन गर्ने स्कुलको लक्ष्य रहेको वताउनुभयो । भन्नुभयो –हामी भीड देखाउने भन्दापनि परिणाम मुखि कार्यमा जोडदिन्छौं ।यस वर्षमा प्लस टु लेवलमा १सय जना विद्यार्थी भर्ना लिने स्कुलले लक्ष्य लिएको छ ।

स्कुलले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभएर बाहिरी कुराहरुको पनि शिक्षा दिने उदेश्यले विभिन्न अतिरिक्त कृयाकलापहरु नियमित गराउदै सर्वाङ्गिण विकासका कार्यलाई प्राथमिकता दिदै आएको उहाँले जानकारी दिनुभयो छ ।
करिव ६ वर्ष अघि शुरु भएको केके स्कुलले अन्तर्राष्ट्रिय समेत हात पार्न सफल वनेको छ ।

स्कुलले दिएको जानकारी अनुसार ब्रटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड २०१७र२० प्राप्त गर्न सफल भएको छ । साथमा ग्लोबल एजुकेशन सबमिट एण्ड अवार्ड समेत प्राप्त गर्न सफल भएको छ ।विद्यालयमा हाल ६ सय विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic