पाच लाख भन्दा बढी नगद सहित लागूऔषधमा सम्लग्न ४ पक्राउ

  • असार १५, २०७८
  • २,४२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असार ः
झापाको दमकबाट लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह ५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु , २२ बर्षीय शौरभ राई, ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावा रहेकाछन् ।

उनीहरुको साथबाट पाँच लाख चौध हजार तीन सय नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।

सोमवार दिउसो दमक–६ थाना रोडबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic