नयाँ विषयका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै युएन नवोदय कलेज यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप

  • असार १९, २०७८
  • १८,८९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ असार ः होटल मेनेजमेन्ट विषयमा प्रदेश नम्बर १कै उत्कृष्ट नजिता लाई छुट्टै पहिचान बनाउन सफल युएन नवोदय कलेजले यसै शैक्षिक सत्रमा प्लस टु लेवलमा नया विषयहरु सञ्चालनमा ल्याउने भएको छ ।

कलेजले शनिवार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका वारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कलेजका प्रार्चाय डम्वर कुमार तुम्बापोले यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो ।

un 2 photo

युएन नवोदय कलेज प्रदेश नं १ एसईई टपरहरुको छनौटमा पर्न सफल हुदै आएको कलेज हो । कलेजबाट गतवर्षहरुमा होटल मेनेजमेन्ट प्लस टु , व्यवस्थापन संकाय,विविएस र विएचएममा प्रदेश प्रथम,प्रदेश द्धितीय स्थान हात पार्दै आएकाछन् ।

सीमित विद्यार्थी गुणस्तरीय शिक्षा कलेजको लक्ष्य रहेको क्याम्स प्रमुख तुम्बापोको भनाई रहेको छ ।धरानलाई शैक्षिक हबको रूपमा विकास गर्नको लागि आफूहरु लागि परेको कलेजको भनाई रहेको छ ।डाक्टर इन्जिनियर सहित कक्षा सञ्चालन गरीने पनि कलेजले जानकारी दिएको छ ।

साइन्सको वेस भनेको स्वास्थ्य विज्ञ उत्पादन भएकोले त्यसलाई पुरा गर्र्न सक्ने दक्ष जनशक्ति उत्पादनममा लाग्ने कलेजको दावी रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा जोडदिनु नै कलेजको लक्ष्य रहेको वताईको छ ।

अभिभावक र विद्यार्थीहरुको यस अघिका विश्वासलाई कायम राख्दै अझै विद्यार्थीहरु र अभिभावकहरुमा थप सामिप्यता बढाउदै अघि वढने कलेजले जनाएको छ ।

गुणस्तरीय शिक्षामा कसैसँग सम्झौता नगर्ने कलेजका अध्यक्ष ज्ञानेश्वर झा को भनाई रहेको छ ।

un = 4 un = 5

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic