आइटीमय बातावरण बनाउदै नेशनल एकेडेमी

  • साउन ४, २०७८
  • २२,८२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउन ःनेशनल एकेडेमी धरानले यस शैक्षिक शत्रबाट सुचना प्रविधिमय वनाउने भएको छ ।

एकेडेमीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै नया कार्यक्रमको विषयमा जानकारी गराएको हो ।

एकेडेमीले यस शैक्षिक सत्रबाट सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्ने भएको छ ।

सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजले आफ्नो कलेजलाई पुर्ण आईटीमय बनाउन लागेको हो ।

जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा, कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीको लागि सिसि क्यामरा कभरेज कक्षा तथा शैक्षिक वातावरण आदि हुने कलेजका सिईओ देव सुब्बाले जनाउनु भएको छ ।

कलेजले आईटी हार्डवेयर तथा सफुटवेयर ल्याव समेत निर्माण गरेको छ । विधार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ ।

विधार्थीहरुलाई प्रोत्साहन गर्न अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यवस्था कलेजले गरेको छ ।

यसले विश्व कोभिड महामारीबाट विधार्थी तथा अविभावकहरु सुरक्षित रहन सहयोग पुग्ने कलेजले जनाएको छ ।

यसले शैक्षिण विधिमा नयापन महशुस गराउने र आजको युग अनुसार शिक्षा परिणाम मुखी हुने कलेजका प्रिन्सिपल श्रीशिशा राइको भनाई छ ।

शिक्षा क्षेत्रमा समयसनुसार परिवर्तन गर्न नया प्रविधि अपनाइएको कलेजका अध्यक्ष सालिकराम राईले बतााउनुभयो ।
२०५८ सालमा स्थापित भए देखि निरन्तर प्लस टु माध्यमिक शिक्षामा सर्मपित शैक्षिक संस्था हो । यस कलेजले नया प्रविधिहरुमा सधै जोड दिदै आएको छ ।

भीडलाई भन्दा गुणस्तरलाई जोडदिने एकेडेमीको विशेषता रहेको सिइओ देव सुव्वाको भनाई रहेको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic