आइटीमय बातावरण बनाउदै नेशनल एकेडेमी

  • साउन ४, २०७८
  • २२,७८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउन ःनेशनल एकेडेमी धरानले यस शैक्षिक शत्रबाट सुचना प्रविधिमय वनाउने भएको छ ।

एकेडेमीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै नया कार्यक्रमको विषयमा जानकारी गराएको हो ।

एकेडेमीले यस शैक्षिक सत्रबाट सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्ने भएको छ ।

सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजले आफ्नो कलेजलाई पुर्ण आईटीमय बनाउन लागेको हो ।

जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा, कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीको लागि सिसि क्यामरा कभरेज कक्षा तथा शैक्षिक वातावरण आदि हुने कलेजका सिईओ देव सुब्बाले जनाउनु भएको छ ।

कलेजले आईटी हार्डवेयर तथा सफुटवेयर ल्याव समेत निर्माण गरेको छ । विधार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ ।

विधार्थीहरुलाई प्रोत्साहन गर्न अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यवस्था कलेजले गरेको छ ।

यसले विश्व कोभिड महामारीबाट विधार्थी तथा अविभावकहरु सुरक्षित रहन सहयोग पुग्ने कलेजले जनाएको छ ।

यसले शैक्षिण विधिमा नयापन महशुस गराउने र आजको युग अनुसार शिक्षा परिणाम मुखी हुने कलेजका प्रिन्सिपल श्रीशिशा राइको भनाई छ ।

शिक्षा क्षेत्रमा समयसनुसार परिवर्तन गर्न नया प्रविधि अपनाइएको कलेजका अध्यक्ष सालिकराम राईले बतााउनुभयो ।
२०५८ सालमा स्थापित भए देखि निरन्तर प्लस टु माध्यमिक शिक्षामा सर्मपित शैक्षिक संस्था हो । यस कलेजले नया प्रविधिहरुमा सधै जोड दिदै आएको छ ।

भीडलाई भन्दा गुणस्तरलाई जोडदिने एकेडेमीको विशेषता रहेको सिइओ देव सुव्वाको भनाई रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic