नेशनल एकेडेमी धरानको सिईओमा देव सुब्बा

  • साउन ४, २०७८
  • १०,९६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउन ः धरानकै पुरानो शैक्षिक संस्था मध्ये एक नेशनल एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा देव सुब्बा नियुक्त हुनुभएको छ ।

एकेडेमी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त जिम्मेवारी सुब्बालाई दिइएको सो एकेडेमीका अध्यक्ष शालिक शतासक राईले जानकारी दिनुभयो ।

सुब्बा एकेडेमीको संस्थापकका साथै पछिल्लो समय निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । नयाँ परिवेशमा एकेडेमीलाई नयाँ सोँच र शैली सहित व्यवस्थापनमा अगाडी बढाउनुपर्ने आवश्यकतालाई पुरा गर्न सुब्बालाई सो पदमा नियुक्त गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

नवनियुक्त सिईओ सुब्बा धरानमा लामो समयदेखि शिक्षाक्षेत्रमा क्रियाशिल जुझारु युवा हुनुहुन्छ ।

यसअघि उहाँले आवर होम स्कुलको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

उहाँ कुनैपनि क्षेत्रमा बदलिँदो परिवेश अनुसार नयाँ सोँच र मान्यताका अघि बढ्न सिर्जनात्मक दृष्टिकोण राख्ने र उक्त दृष्टिकोणलाई कार्यन्वयन गरेरै छाड्ने युवाका रुपमा चिनिनुहुन्छ । प्रविधि, समाज र बजार सम्बन्धि गहिरो ज्ञान भएका सुब्बा कम्प्युटर एशोसियन प्रदेश १ को अध्यक्ष भई कार्य गरिसक्नुभएको छ ।

खोज अनुसन्धानमुलक बैचारिक लेखनमा समेत निरन्तर क्रियाशिल उहाँ धरानका एक बौद्धिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

वि.सं. २०५८ सालमा स्थापित नेशनल एकेडेमी धरानकै पुराना संस्थागत विद्यालयहरु मध्ये एक हो । कुनैबेला यस एकेडेमीमा प्रदेश नं. १ का पुर्वप्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङ प्राचार्यको रुपमा हुनुहुन्थ्यो ।

सुचना प्रविधिको नयाँ युगमा विद्यार्थी र अभिभावकहरुको माग र चाहनालाई ध्यानमा राखी एकेडेमीलाई यसै शैक्षिकसत्रदेखि सुचना प्रविधिमय बनाइने नवनियुक्त सिईओ देव सुब्बाले बताउनुभयो । हाल यस एकेडेमीमा व्यवस्थापन, शिक्षा र मानविकि सङ्कायमा अध्यापन गराइन्छ ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को प्रि रजिष्ट्रेशन समेत जारी रहेको उहाँले जानारी दिनुभयो ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic