नेशनल एकेडेमीमा अनलाइन भर्ना गर्न सकिने

  • साउन ११, २०७८
  • ६,५७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ साउन ः नेशनल एकेडेमी धरानले विद्यार्थी भर्नाका लागि अनलाइन प्रणालीको विकास गरेको छ ।

कोभिड विश्व महामारी वीचमा भाडभाड हुदा विधार्थी तथा अभिभावकहरु जोखिममा पर्ने भएकाले जोखिम न्युनीकरण गर्न यस्तो ब्यवस्था गरेको कलेजका सिईओ देव सुब्बाले जनाएका छन ।

महामरी नियन्त्रणमा अनलाईन प्रणालीले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने एकेडेमीका सिइयो सुव्वाको भनाई रहेको छ ।

कलेजमै आएर भर्ना गर्न चाहनेलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पुरा गरी भर्ना गर्न सकिने भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीहरुलाई अनलाइनको सुविधा समेत गरीएको सुव्वाले जानकारी दिएकाछन् ।

यसका साथै विधार्थी तथा अभिभावकलाई समुह बनाई भिडभाड नगर्न समेत अनुरोध गरेकाछन् ।

कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजलाई आईटीमय बनाउने कार्यमा एकेडेमी सकृय रहेको छ ।

यसका लागि सबैभन्दा पहिले नेशनल एकेडेमी धरान डट इडियू डट एनपीमा गई अनलाइन फारम भर्नुपर्नेछ यस पछि प्ले स्टोरमा गई नेशनल एकेडेमी नामको एप डाउनलोड गरी इसेवा तथा खल्ती डिजिटल मार्फत भर्ना गरी भर्ना प्रक्रिया पुरा गर्न सकिने कलेजका प्रिन्सिपल श्रीसिसा राईले जानकारी गराएकाछन् ।

शिक्षा क्षेत्रमा राष्ट्र अन्तर्राष्ट्र समय परिस्थिति अनुसार परिवर्तन गर्न नया“ प्रविधिको सहायता लिइएको कलेजका अध्यक्ष सालिकराम राईले बताए । साथै कलेजले पेपरलेस अवधारणामा काम गर्दै गएका कारण पनि यसो गरिएको बताउनु भयो ।

कलेज नया“ नया“ प्रविधि र विधि अपनाउन सधै अगाडि रहेको छ । यसअधि कलेजले आईटी हार्डवेयर तथा सफुटवेयर ल्याव समेत निर्माण गरेको छ ।

विधार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ ।

यसमा विधार्थीहरुलाई प्रत्साहन गर्न विधार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यावस्था कलेजले गरेको छ ।

जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रि«क एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा, कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीको लागि सिसि क्यामरा कभरेज कक्षा तथा शैक्षिक वातावरण तयार गरिसकेको छ ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic