प्रदेश नं.१ मै पहिलो शैक्षिक संस्था बन्न सफल नेशनल एकेडेमी धरान  आईएसओ प्रमाणपत्र चिन्ह प्राप्त

  • साउन १७, २०७८
  • ३,२१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ःनेशनल एकेडेमी धरानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र चिन्ह आईएसओ प्राप्त गर्न सफल भएको छ ।

यस्तो चिन्ह प्राप्त गर्ने नेशनल एकेडेमी प्रदेश नृं. १ कै पहिलो शैक्षिक संस्था बन्न पुगेको हो ।

कुनैपनि कलेज, स्कुल वा संस्थाले आवश्यक क्षेत्रमा निश्चित मापदण्ड पुरा गरी आफ्नो अन्तर्राष्ट्रिय स्तर कायम गरेपछि इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेशनले यस्तो प्रमाणपत्र दिने गर्दछ ।

प्रमाणपत्र प्राप्त गरेपछि सो संस्था अन्तरराष्ट्रिय स्तरको गुण भएको संस्थाको रुपमा चिनिन्छ र आईएसओ प्रमाणपत्र चिन्ह दिइन्छ ।

NATIONAL ISO

यसका अध्ययन अध्यापन लगायत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, भौतिक संरचना, वातावरण सबै अन्तरराष्ट्रिय स्तरका हुनेछन् । नेशनल एकेडेमीले सन् २०२१ जुलाई २८ तारिखमा उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको एकेडेमीका सिइओ देव सुब्बाले जानकारी दिनुभयो ।

कलेजले चिन्ह लिने प्रक्रिया गत बर्ष देखि शुरुवात गरेको थियो । यद्धपि आईएसओ प्रमाणीकरणका लागि केही मापदण्डहरु कलेजले पुरा गर्न बाँकी रहेको छ, जुन आईएसओले तोकेको समयभित्र पुरा गर्नुपर्ने हुन्छ । कलेज यसतर्फ तदारुकताका साथ लागिपरेको सुब्बाले बताउनुभयो ।

कलेजले अङ्ग्रेजी माध्यमबाट मेनेजमेन्ट तथा नेपाली माध्यममा एजुकेशन तथा ह्युमेनिटिज विषय अध्यापन गराउदै आएको छ ।

कलेजले सो स्तर कायम गरेसँगै अब कलेजका प्रमाणपत्र देखि लिएर सबै कागजात आईएसओ चिन्ह अंकित हुने भएकोले उक्त कागजातहरुको महत्व सामान्य शैक्षिक संस्थाको भन्दा फरक र विशिष्ट हुनेछ ।

संस्थाले गुणस्तर चिन्ह प्राप्त गरेपनि निरन्तर आईएसओको अनुगमनमा रहनुपर्नेछ । स्कुल तथा कलेजहरु नेपालको शैक्षिक प्रणालीगत संगठन अनुसार सम्बन्धित निकायको अनुगमनमा हुने गरेकोमा नेशनल एकेडेमी अब एक अन्तरराष्ट्रिय निकायको अनुगमनमा समेत रहनेछ ।

हरेक शैक्षिक गतिविधिमा अन्तरराष्ट्रिय स्तरको निकायको प्रत्यक्ष अनुगमन प्राप्त हुने भएकाले विद्यार्थीहरुको उज्वल भविष्य र शैक्षिक गुणस्तरका लागि कलेजले आईएसओ प्रमाणपत्र चिन्ह लिएको सिईओ सुब्बाले बताउनुभयो ।

धरानलाई शिक्षाको हवको रुपमा विकास गर्न यसले मद्धत पुग्ने उहाँले बताउनुभयो ।

यसले कलेजको शैक्षिक लगायतका गुणस्तरमा नया आयाम थप्ने, शिक्षा क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्न सहयोग पु¥याउने, विधार्थी तथा अविभावकले नेपालमै एक अन्तरराष्ट्रिय स्तरको गुणस्तर शिक्षा पाउने निश्चित भएकोे कलेजका प्रिन्सिपल श्रीशीशा राईले जानकारी गराउनु भयो ।

अब यो कलेजमा अध्ययन पुरा गर्ने सबै विधार्थीहरुले पाउने आईएसओ अंकित प्रमाणपत्र अन्तरराष्ट्रिय महत्वको हुने र विश्व परिवेशमा विद्यार्थीहरुले सहजै विभिन्न अवसरहरु पाउने बताउनुभयो ।

यसले शिक्षालाई थप व्यवहारिक, गुणस्तरिय र विधार्थीहरुविचको प्रतिस्पर्धालाई थप स्वस्थ र मर्यादित बनाउने उहाँले बताउनुभयो । चिन्ह प्राप्त गर्ने क्रममा यसका मापदण्डहरु पुरा गर्न कठिन भएपनि शिक्षाको गुणस्तरका लागि कलेज व्यवस्थापनले मिहनेत र पर्याप्त लगानी गरेको उहाँले जानकारी गराउनुभयो ।

विशेष गरी प्लस टुको शिक्षालाई व्यापारको रुपमा लिइने प्रवृत्तिले अस्वस्थ्य प्रतिस्पर्धा बढेको, यसले विधार्थीहरुको भविश्य माथि खेलवाड हुने गरेको र अभिभावकको लगानी खेर गइरहेको सन्दर्भमा आधुनिक परिवेश अनुसारको शैक्षिक गुणस्तर वुद्धिमा व्यवस्थापन टिम लागिपरेको कलेजका अध्यक्ष सालिक सतासक राईले बतााउनुभयो ।

आजको विश्वको प्रतिस्पर्धात्मक शैक्षिक परिवेशमा नेपाली शैक्षिक उत्पादनले प्रतिस्पर्धा गर्न सकोस भन्नका लागि पनि यो चिन्ह लिएको उहाँले बताउनुभयो ।

यस अघिनै नेशनल एकेडेमीले आफ्नो सम्पुर्ण वातावरणलाई सुचनाप्रविधियुक्त बनाएको छ ।

यसका पठनपाठन, अतिरिक्त क्रियाकलाप, दैनिक कार्यालय सञ्चालन लगायत सम्पुर्णपक्षमा आवश्यक आईटी पुर्वाधारहरु तयार गरेको छ ।

भिन्न र नवीनतम विधि तथा प्रविधिमा अगाडी देखिएको कलेजले यसै शैक्षिक वर्षदेखि सामाजिक विकास तथा जीवनोपयोगी शिक्षा अन्तर्गत लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाउने तयारी गरिसकेको छ ।

नेशनल एकेडेमी धरानकै लागि गौरवलायक शैक्षिक संस्था बन्न पुगेको अध्यक्ष राईले दाबी गर्नुभयो ।

सुचनाप्रविधियुक्त व्यवहारिक तथा अन्तरराष्ट्रिय स्तरको शिक्षा लिई आफ्नो शैक्षिक भविष्य उज्वल बनाउन धरान र आसपासका विद्यार्थी तथा अभिभावकहरुलाई सुनौलो अवसर प्राप्त हुने उहाको भनाई रहेको छ ।

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic