एसइइ स्पिकर धरानको टप सात छनौट

  • साउन २०, २०७८
  • २,४२४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० साउन ःयुवा युवतिहरु भित्र रहेको वौद्धिक क्षमतालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित एस.ई.ई.स्पीकर, धरान–२०७८ सिजन–१ को ग्रान्ड फिनाले अन्तर्गत २५ प्रतिशत अंकको लागि फिल्ड भिजिट राउन्ड मङ्गलबार सम्पन्न भएको छ।

धरान–१६ स्थित यु.एन.नबोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागिहरुले सुनसरीको बराहक्षेत्र–८ मा रहेको लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा.लि. शीर्षकमा आफ्नो धारणा राखेका थिए ।

आयोजक ¥याडिकल लाईट नेपाल प्रा.लि.ले आईतबार उत्कृष्ट –७ जना सहभागिलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो।

सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए।

अवलोकन भ्रमणका क्रममा प्राप्त सुचनाका आधारमा सहभागिहरुले आफ्नो बिचार ब्यक्त गरेको –याडिकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

अधिकांश सहभागिहरुले सुनिल थापाको उदाहरणिय कामले देसका युवाहरुलाई कृषि पेशामा लाग्न उत्प्रेरणा मिल्ने बिचार ब्यक्त गरे।

उत्कृष्ट ७ मा पर्नेहरुमा दिपेन भण्डारी, अन्कित ढुङ्गाना, अभिषेक राई, मौसम पराजुली, सदिक्षा राई, रेजिना बि.क. र बिनोद काफ्ले रहेका छ ।

सुनिल थापाले २०६४ सालमा लगुन एग्रीकल्चर रिसर्च सेन्टर स्थापना गरि ५ बिघा जग्गामा माछा, कुखुरा, हास, बट्टाई पाल्दै आएका छन।

प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एबम कोशिपत्र दैनिकका सम्पादक राजेस बिद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपि काफ्ले रहेका छन।एस.ई.ई.स्पीकरमा बाकी ७५ प्रतिशत अंकको लागि फाईनल आगामी शनिबार हुने आयोजकले जनाएको छ।

यसैबिच एस.ई.ई.स्पीकर धरानका उत्कृष्ट–७ जना सहभागिहरुलाई डाईनिङ एटिकेट(खाना शिष्टाचार)सम्बन्धी ज्ञान प्रदान गरिएको छ।

यु.एन.नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले सहभागिहरुलाई देस बिदेसका स्टार होटलहरुमा काटा(चम्चा कसरी समात्ने, सुप कसरी खाने लगायतका महत्वपुर्ण ज्ञान प्रदान गरे।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic