नेशनल एकेडेमीले घोषणा ग¥यो छात्रवृत्ति ग्रामीण भेगका २१ विद्यार्थीका लागि छुट्टै छात्रवृत्ति

  • साउन २६, २०७८
  • ८,२३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउनः शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त नेशनल एकेडेमी धरानले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था गरेको घोषणा गरेको छ ।

एकेडेमीका प्राचार्य श्रीशीशा राईद्धारा जारी प्रेसनोटमा जनाईए अनुसार ग्रामीण भेगका कुल २१ जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति वितरण गरिनेछ ।

एकेडेमीमा म्यानेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज पठनपाठन हुने गरेकोमा प्रत्येक सङ्कायका लागि ७ जनाको दरले छात्रवृत्ति दिइने प्रेसनोटमा जनाइएको छ ।

उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका  जिल्लाका विद्यार्थीहरुलाई लागु हुनेछ ।

कक्षा ११ अध्ययन गर्ने चाहने विद्यार्थीको एसईईको प्राप्ताङ्क र अन्तरवार्ताका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरिनेछ । प्रवेश परिक्षाको प्राप्ताङ्कलाई समेत छनौटको आधार बनाईनेछ ।

छनौट भई नेशनल एकेडेमी अध्ययन गर्ने विद्यार्थीहरुका लागि एकेडेमी परिसरमै सुविधासम्पन्न होस्टलको व्यवस्था समेत गरिएको प्राचार्य राईले उल्लेख गर्नुभएको छ ।

यससहित एकेडेमीले एसईईमा अब्बल ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु, दलित, आदीवासी जनजाति, सिमान्तकृत, अव्यवस्थित बसोबास, नृत्य संगीत गायन मोडलिङ साहित्य खेलकुदमा अब्बल विद्यार्थीहरुका लागि समेत छुट्टाछुट्टै छात्रवृत्तिको व्यवस्था गरिएको प्राचार्य राईले बताउनुभएको छ । एसईईमा ए प्लस र ए ग्रेट प्राप्त गर्ने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रका शिक्षा, यातायात आदीबाट बञ्चित साथै आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीले समेत अन्तरराष्ट्रिय स्तरको शिक्षा लिने अवसर प्राप्त गरुन् भन्ने उद्धेश्यले छात्रवृत्तिको व्यवस्था गरिएको एकेडेमीका सिइओ देवकुमार सुब्बाले बताउनुभयो ।

नेशनल एकेडेमीले शिक्षालाई व्यवसाय भन्दा पनि विद्यार्थीको अधिकारको रुपमा प्रसार गर्न चाहेको उहाँले बताउनुभयो ।

नेशनल एकेडेमीले यसैवर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषा पनि पठनपाठन गराउने भएको यसअघि घोषणा गरिसकेको छ ।

कलेजले पठनपाठनमा मात्र नभई कार्यालय सञ्चालनमा समेत आधुनिक प्रविधिको उपयोग गर्ने तयारी समेत गरेको जनाएको छ ।

एकेडेमीले यसैवर्ष आईएसओ प्रमाणपत्र चिन्ह प्राप्त गरेको हो ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic