एसईई स्पीकर दिपेनलाई युएन नबोदय कलेजमा पूर्ण छात्रबृत्ति

  • साउन २६, २०७८
  • ११,८८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ साउन ःयुएन नबोदय कलेज धरान–१६ ले एसईई स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती प्रदान गरेको छ।

मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खदा सहित स्वागत गर्नुएभएको थियो ।

dipen1

त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

भण्डारी पुर्ण छात्रबृत्तिमा अध्ययनका लागि मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्स विषयमा भर्ना भई सकेका छन।

¥याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको एस.ई.ई. स्पीकर धरानको गत श्रावण –२३ गते भएको फाईनलमा देसको बेरोजगारी समस्या र युवा शिर्षकमा दिपेनले आफ्नो बिचार ब्यक्त गरेका थिए।

धरान–१६ कै चन्द्र सन्स्कृत मा.बि. बाट एस.ई.ई.दिएका भण्डारीले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलब ५५ जिपिए प्राप्त गरेका छन।

एस.ई.ई. स्पीकरको बिजेता बनेर छात्रबृत्ती पाए पनि यस अघि नै यु.एन.नबोदय भौतिक पुर्बाधारयुक्त, राम्रो शैक्षिक वातावरण, बिद्यार्थीलाई अतिरिक्त क्रीयाकलापमा जोड दिने र प्राग्य शैक्षिक ब्यक्तित्वद्वारा सन्चालन भएको कलेज भएको हुनाले आफ्नो रोजाईमा यु.एन.नबोदय परेको भण्डारीले बताए।

उनले भने–मैले कलेज भिजिट पनि गरे र आफुले सुने अनुसार नै कलेजको वातावरण पाएकोले यु.एन.नबोदय पढ्ने निधो गरे। एस.ई.ई. स्पीकर धरानको बिजेतालाई छात्रबृत्ती प्रदान गर्न पाउँदा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो ।

बिद्यार्थीहरुको गुणस्तरिय शिक्षा र चौतर्फी बिकासको लागि कलेजको तर्फबाट टेवा दिन कुनै कसुर बाकी नराख्ने क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो ।

होटल म्यानेजमेन्टमा प्रदेस नम्बर १ कै ब्राण्ड कलेजको रुपमा चिनिएको युएन नबोदय कलेजमा यसै शैक्षिक शत्र बाट साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन बिषय थप गरिएको छ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic