एसईई स्पीकर दिपेनलाई युएन नबोदय कलेजमा पूर्ण छात्रबृत्ति

  • साउन २६, २०७८
  • ११,८३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ साउन ःयुएन नबोदय कलेज धरान–१६ ले एसईई स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती प्रदान गरेको छ।

मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खदा सहित स्वागत गर्नुएभएको थियो ।

dipen1

त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

भण्डारी पुर्ण छात्रबृत्तिमा अध्ययनका लागि मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्स विषयमा भर्ना भई सकेका छन।

¥याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको एस.ई.ई. स्पीकर धरानको गत श्रावण –२३ गते भएको फाईनलमा देसको बेरोजगारी समस्या र युवा शिर्षकमा दिपेनले आफ्नो बिचार ब्यक्त गरेका थिए।

धरान–१६ कै चन्द्र सन्स्कृत मा.बि. बाट एस.ई.ई.दिएका भण्डारीले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलब ५५ जिपिए प्राप्त गरेका छन।

एस.ई.ई. स्पीकरको बिजेता बनेर छात्रबृत्ती पाए पनि यस अघि नै यु.एन.नबोदय भौतिक पुर्बाधारयुक्त, राम्रो शैक्षिक वातावरण, बिद्यार्थीलाई अतिरिक्त क्रीयाकलापमा जोड दिने र प्राग्य शैक्षिक ब्यक्तित्वद्वारा सन्चालन भएको कलेज भएको हुनाले आफ्नो रोजाईमा यु.एन.नबोदय परेको भण्डारीले बताए।

उनले भने–मैले कलेज भिजिट पनि गरे र आफुले सुने अनुसार नै कलेजको वातावरण पाएकोले यु.एन.नबोदय पढ्ने निधो गरे। एस.ई.ई. स्पीकर धरानको बिजेतालाई छात्रबृत्ती प्रदान गर्न पाउँदा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो ।

बिद्यार्थीहरुको गुणस्तरिय शिक्षा र चौतर्फी बिकासको लागि कलेजको तर्फबाट टेवा दिन कुनै कसुर बाकी नराख्ने क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो ।

होटल म्यानेजमेन्टमा प्रदेस नम्बर १ कै ब्राण्ड कलेजको रुपमा चिनिएको युएन नबोदय कलेजमा यसै शैक्षिक शत्र बाट साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन बिषय थप गरिएको छ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic