एस.ईई.स्पीकर फष्ट रनर अपलाई धरान मेघा कलेजमा ६५ प्रतिशत छात्रवृत्ति

  • साउन २७, २०७८
  • ९,०४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः धरान मेघा कलेज धरान–१२ ले एसइइ स्पिकर धरानकी फस्ट रनर अपलाई प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरेको छ।

बुधबार मेघा कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलद्धारा फस्ट रनर अप रेजिना वि.क.लाई ६५ प्रतिशत छात्र वृत्ति प्रदान गरिएको हो ।

rajina bk copy

विकलाई कलेजका प्रिन्सिपल पौडेल र डाइरेक्टर घिमिरेले खदा लगाएर सम्मान गर्नुभएको थियो ।

रेजिना बुधबार नै कलेजमा म्यानेजमेन्ट बिषय लिएर भर्ना भइ सकेकी छिन।कलेजले गरेको स्वागतबाट आफूलाई थप प्रोत्साहन मिलेको विद्यार्थी वि.क.ले वताईन ।

¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको एस.ई.ई.स्पिकर धरानको गत श्रावण २३ गते भएको फाईनलमा ूनेपालको बिकासमा जलश्रोतको महत्व शिर्षकमा आफ्नो गहकिलो बिचार ब्यक्त गरि रेजिना फष्ट रनर अप भएकी थिइन।

धरान मेघा कलेज र ¥याडिकल लाईट बिच फष्ट रनर अपलाई ५० प्रतिशत छात्रबृत्ती दिने सहमती भएको थियो ।

कलेजले बिद्यार्थीलाई थप हौसला स्वरुप कलेजको तर्फबाट १५ प्रतिशत थप गरी ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरिएको कलेजका एकेडेमिक डाईरेक्टर घिमिरेले जानकारी दिनुभयो ।

rajina = 33 copy

छात्रबृत्ती पनि पाएको र कलेजको शैक्षिक बाताबरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने कलेजको उदेस्य राम्रो लागेकोले आफु धरान मेघा कलेजमा भर्ना भएको रेजिनाले बताईन। रेजिनाले २०७७ सालको एस.ई.ई. शारदा बालिका नमुना मा.बि.बाट दिएकि थिइन।

हालै प्रकाशित भएको एस.ई.ई.को नतिजा अनुसार उनले ३ दशमलब ५५ जिपिए प्राप्त गरेकी छिन।

उनको प्रतिभालाई प्रोत्साहन गर्न कलेजले कुनै कसुर बाकी नराख्ने कलेजको दावी रहेको छ ।

प्रतिभावान र क्षमतावान विद्यार्थीहरुलाई अघि वढाउन कलेज सधै अग्रसर रहेको कलेजको भनाई रहेको छ ।
धरान मेघा कलेज छोटो समयमा नै धरानमा शिक्षा क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल वनेको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic