एसईई स्पीकर अन्कितलाई सुनाखरीमा सम्मान विद्यार्थीहरुको भीड भन्दा पनि गुणस्तरमा ध्यान दिन्छौं–प्रिन्सिल राई

  • साउन ३०, २०७८
  • १०,७२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः सुनाखरी एकेडेमि धरान–१२ले एस.ई.ई.स्पीकर धरानका सेकेण्ड रनर अप अन्कित ढुङ्गानालाई एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

एकेडेमीले ढुङ्गाना सहित २०७७ सालमा सुनाखरीबाट एसईई उत्तिर्ण बिद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

सेकेण्ड रनर अप ढुङ्गानालाई एकेडेमिका प्रिन्सिपल मिलन राई, डाईरेक्टर प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, सन्चालक सदस्य राज बहादुर लिम्बू लगायतले सम्मान–पत्र, खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

235195304_116274110755826_3757539942446351100_n

–याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको एसईई स्पीकर धरान–२०७८, सिजन–१ अन्तर्गत गत श्रावण –२३ गते भएको फाईनलमा अन्कित सेकेण्ड रनर अप घोषित भएका थिए।

अन्कितले फाईनलमा ज्येष्ठ नागरिक प्रती युवाको दायित्व शिर्षकमा आफ्नो बिचार ब्यक्त गरेका थिए।

धरान–१७ स्थित ज्वालामुखी माबिबाट २०७७ सालको एसइई दिएका अन्कितले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलब ०० जिपिए प्राप्त गरेका छन।

आयोजक (याडिकल र सुनाखरी बिच सेकेण्ड रनर अपलाई ३० प्रतिशत छात्रबृत्ती दिने सहमती भए पनि बिद्यार्थीलाई पढाईमा थप हौसला प्रदान गर्नका लागि अन्न्कितलाई ८५ प्रतिशत छात्रबृत्ती प्रदान गरिएको प्रीन्सिपल मिलन राईले जानकारी दिए।

बिद्यालयले छात्रबृत्ती प्रदान गरेकोले आफुलाइज ठूलो हौसला मिलेको अन्कितले बताए।

अंकितले सुनाखरिले दिएको यो सुबिधाको सदुपयोग गर्दै पढाइ लगायत अन्य अतिरिक्त क्रीयाकलापमा विशेष ध्यान दिई सबै साथिहरु सङ्ग हातेमालो गर्दै बिद्यालयको नाम उच्च राख्न अहोरात्र लागिपर्छु।

त्यस्तै सुनाखरीबाट एसईईउत्तीर्ण बिद्यार्थीहरुलाई खदा र मायाको चिनो प्रदान गरिएको थियो।यसै शैक्षिक शत्रबाट ब्यबस्थापन सन्कायमा कक्षा–११ को पढाइ सुरु गरिएकोले सुनाखरीबाट एसईईउत्तीर्ण बिद्यार्थीहरुलाई आफ्नै स्कुलमा पढ्न प्रिन्पिल राईले आग्रह गरे।

उनले भने–हामी धेरै विद्यार्थी राख्दैनौ सिमित सन्ख्यामा राख्छौ तर युग सुहाउदो गुणस्तरी शिक्षा प्रदान गर्छौू।त्यस्तै एकेडेमिका डाईरेक्टर प्रदिप राईले हरेक क्षेत्रमा ब्यबस्थापनको महत्व हुने भएकाले यसपाली प्लस टु मा ब्यबस्थापन सन्काएको पढाइ सुरु गरिएको बताए।

कार्यक्रममा सन्चारकर्मी तिर्थ कार्की, एकेडेमिका शिक्षक आनन सुब्बा लगायतले मन्तब्य राखे।कार्यक्रमको सञ्चालन शिक्षक दिनेस बरालले गरे।

बिद्यार्थीहरु भित्र लुकेर रहेको अन्तरनिहित क्षमतालाई उजागर गर्नको लागि यसै सालबाट कक्षा–११ का बिद्यार्थीहरुका लागि मिस सुनाखरी र मिस्टर सुनाखरी आईकन गराइने बिद्यालयले जनाएको छ।

सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षाका साथै नृत्य, गीत, कराते लगायत अन्य अतिरिक्त क्रियाकलापमा धरानमा अग्रणी बिद्यालयको रुपमा चिनिदै आएको छ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic