एसईई स्पीकर अन्कितलाई सुनाखरीमा सम्मान विद्यार्थीहरुको भीड भन्दा पनि गुणस्तरमा ध्यान दिन्छौं–प्रिन्सिल राई

  • साउन ३०, २०७८
  • १०,६६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः सुनाखरी एकेडेमि धरान–१२ले एस.ई.ई.स्पीकर धरानका सेकेण्ड रनर अप अन्कित ढुङ्गानालाई एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

एकेडेमीले ढुङ्गाना सहित २०७७ सालमा सुनाखरीबाट एसईई उत्तिर्ण बिद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

सेकेण्ड रनर अप ढुङ्गानालाई एकेडेमिका प्रिन्सिपल मिलन राई, डाईरेक्टर प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, सन्चालक सदस्य राज बहादुर लिम्बू लगायतले सम्मान–पत्र, खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

235195304_116274110755826_3757539942446351100_n

–याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको एसईई स्पीकर धरान–२०७८, सिजन–१ अन्तर्गत गत श्रावण –२३ गते भएको फाईनलमा अन्कित सेकेण्ड रनर अप घोषित भएका थिए।

अन्कितले फाईनलमा ज्येष्ठ नागरिक प्रती युवाको दायित्व शिर्षकमा आफ्नो बिचार ब्यक्त गरेका थिए।

धरान–१७ स्थित ज्वालामुखी माबिबाट २०७७ सालको एसइई दिएका अन्कितले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलब ०० जिपिए प्राप्त गरेका छन।

आयोजक (याडिकल र सुनाखरी बिच सेकेण्ड रनर अपलाई ३० प्रतिशत छात्रबृत्ती दिने सहमती भए पनि बिद्यार्थीलाई पढाईमा थप हौसला प्रदान गर्नका लागि अन्न्कितलाई ८५ प्रतिशत छात्रबृत्ती प्रदान गरिएको प्रीन्सिपल मिलन राईले जानकारी दिए।

बिद्यालयले छात्रबृत्ती प्रदान गरेकोले आफुलाइज ठूलो हौसला मिलेको अन्कितले बताए।

अंकितले सुनाखरिले दिएको यो सुबिधाको सदुपयोग गर्दै पढाइ लगायत अन्य अतिरिक्त क्रीयाकलापमा विशेष ध्यान दिई सबै साथिहरु सङ्ग हातेमालो गर्दै बिद्यालयको नाम उच्च राख्न अहोरात्र लागिपर्छु।

त्यस्तै सुनाखरीबाट एसईईउत्तीर्ण बिद्यार्थीहरुलाई खदा र मायाको चिनो प्रदान गरिएको थियो।यसै शैक्षिक शत्रबाट ब्यबस्थापन सन्कायमा कक्षा–११ को पढाइ सुरु गरिएकोले सुनाखरीबाट एसईईउत्तीर्ण बिद्यार्थीहरुलाई आफ्नै स्कुलमा पढ्न प्रिन्पिल राईले आग्रह गरे।

उनले भने–हामी धेरै विद्यार्थी राख्दैनौ सिमित सन्ख्यामा राख्छौ तर युग सुहाउदो गुणस्तरी शिक्षा प्रदान गर्छौू।त्यस्तै एकेडेमिका डाईरेक्टर प्रदिप राईले हरेक क्षेत्रमा ब्यबस्थापनको महत्व हुने भएकाले यसपाली प्लस टु मा ब्यबस्थापन सन्काएको पढाइ सुरु गरिएको बताए।

कार्यक्रममा सन्चारकर्मी तिर्थ कार्की, एकेडेमिका शिक्षक आनन सुब्बा लगायतले मन्तब्य राखे।कार्यक्रमको सञ्चालन शिक्षक दिनेस बरालले गरे।

बिद्यार्थीहरु भित्र लुकेर रहेको अन्तरनिहित क्षमतालाई उजागर गर्नको लागि यसै सालबाट कक्षा–११ का बिद्यार्थीहरुका लागि मिस सुनाखरी र मिस्टर सुनाखरी आईकन गराइने बिद्यालयले जनाएको छ।

सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षाका साथै नृत्य, गीत, कराते लगायत अन्य अतिरिक्त क्रियाकलापमा धरानमा अग्रणी बिद्यालयको रुपमा चिनिदै आएको छ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic