नेशनल एकेडेमी सेकेण्डरी स्कूल तथा कलेजको छात्रबृति घोषणा भाद्र २ गतेबाट १ हप्ता एडमिसन विक मनाउने

  • साउन ३२, २०७८
  • १,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउन ः अन्तर्राट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमका सात आगामी भाद्र २ गते बाट १ हप्ता भर्ना सप्ताह मनाउने घोषणा गरेको छ ।

यस अघि २१ जनाका लागि ग्रामिणस्कूलजेहेन्दार छात्रवृति घोषणा गरेको कलेजले आफ्नो बृहत छात्रवृति घोषणा गरेको हो ।

जम्मा छ प्रकारको छात्रवृति घोषणा गरेको कलेजलेमेनेजमेन्ट , एजुकेशन र तथा ह्युमेनिटिज संकायको शैक्षिक सेवा दिईरहेको छ ।

स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, ग्रामिण स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कूल जेहेन्दार छात्रवृति र सेल्फ मेरिट स्कोलरसिपक्रमश ः १५, १५, १५, २१, १५, १५ जनारहेका कलेजका सिईओ देव सुब्बाले जनाएका छन ।

उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुच पुर्याउनका लागि छात्रवृतिको ब्याबस्था गरिएको बताएका छन ।

अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५५ मिनटको कक्षा, विधार्थीहरुको ब्यात्तित्व विकासका लागि इन्टेस्ट क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्ड आदीले यहा पढ्न आउने विधार्थीहरुको भविष्य उज्वल रहेको बताउदै यहा पढ्न आउने सबै विधार्थीहरुले आईएसओ अंकित प्रम्ँँण पत्र पाउने जसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने,विधार्थीहरुको भविश्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने समेत बताउदै कजेजका प्रिन्सिपल श्रीशिशा राईले पहिला जेनरल संकायहरुमा राम्रो गर्ने कलेजको प्रतिबद्धता रहेको बताउनु भयो ।

सर्बसुलभ शिक्षाका लागि अरु कलेजकै शुल्कमा अन्तराष्टिय स्तरको शिक्षा पाउने बताउनु भयो ।

यसको लागि आगामी भाद्र २ गतेबाट १ हप्ताका लागि एडमिसन विक समेत मनाउने कलेजका प्रिन्सिपल श्रीसिसा राईले जानकारी गराउनु भयो ।

विधार्थीहरुलाई विश्व महामारीको स्वास्थ्य मापदण्ड पुरा गर्दै छात्रवृति फस्ट कम फस्ट सर्भिसका आधार दिने समेत बताउनु भयो ।

शिक्षा क्षेत्र ब्यबसाय मात्रको रुपमा बुझिएकाले गुणस्तरमा प्रतिस्पर्धा भन्दा पनि अस्वस्थ्य प्रतिस्पर्धा बढेकोले विधार्थीहरुको भविश्य माथि खेलवाड हुने गरेको एकेडेमीको भनाई रहेको छ ।

अभिभावकको लगानी खेर गइरहेको कारण अस्वास्थ्य प्रतिस्पर्धामा उत्रने भन्दा पनि शिक्षा क्षेत्रको गुणस्तर वुद्धि गर्दै विधार्थीहरुको भविश्य संग गासिएको शैक्षिक भविष्य सुन्दर पार्ने आफ्नो सामाजिक दायित्वलाई स्मरण गर्न पनि यस्तो छात्राबृतिको ब्यवस्था गरेको कलेजका अध्यक्ष सालिक सतासक राईले बतााउनु भयो ।

छात्रवृति सम्बन्धि वृस्तितमा बुझ्न कलेज भिजिट गर्न पनि राईले आम अविभावक तथा विधार्थीहरुलाई अनुरोध गर्नुभयो ।

विधार्थीहरुलाई आफ्नो कलेजको बारेमा बताउनका लागि पनि एडमिसन विकको रुपमा मनाउने कलेजका मार्केटिङ विभाग प्रमुख परिवेश खड्काले बताए ।

यस अवधिमा विसौं बर्ष शिक्षा क्षेत्रमा अनुभव भएका ब्यात्तित्वहरुबाट विधार्थीहरुलाई शैक्षिक परामर्श समेत दिइने उनने बताए ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic