नेशनल एकेडेमीले संञ्चालन गरेको भर्ना सप्ताहमा छात्रवृति अन्तर्गत ४८ प्रतिशत भर्ना

  • भदौ ८, २०७८
  • ५,७३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भाद्रः नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भाद्र २ गते देखि ८ गते सम्म संञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विधार्थी भर्ना भएका छन् ।

एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्टसङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको मा सो भर्ना भएका हुन् ।

national = 3

हरेक सङ्कायमा ७ जनाको दरले २१ जनालाई ग्रामिण छात्रबृति दिईरहेको कलेजलेस्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिपमा क्रमश ः १५÷१५ जनालाई छात्रवृति दिएकोकलेजका सिईओ देव सुब्बाले जनाएका छन् ।

उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुच पुगोस भन्ने उद्धेश्यले छात्रवृत्तिको ब्यबस्था गरिएको बताएका छन् ।

national = 4

अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५० मिनटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्ड आदीले यहाँ पढ्न आउने विधार्थीहरुको भविष्य उज्वल रहेको उहा“ले दावी गर्नुभयो ।

अध्ययन गर्ने सबै विधार्थीहरुले आईएसओ अंकित प्रम्ँँण पत्र पाउने जसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने,विधार्थीहरुको भविश्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने कलेजका प्रिन्सिपल श्रीशीशा राईले बताउनुभयो ।

यस कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ दरमा पाउने उहाँले जानकारी दिनुभयो । छात्रवृत्तिका केही कोटा बा“की रहेको र त्यसमा आगामी दिनमा पनि विद्यार्थीहरुलाई भर्ना गर्न सकिने उहा“ बताउनु भयो ।

नेशनल कलेज धरानमै फरक ढंगबाट व्यवहारिक शिक्षा दिने शैक्षिक संस्था हो । यस कलेजले यसैवर्षदेखि कक्षा ११ मा राई बान्तावा, लिम्बु र नेवारी भाषामा कक्षा सञ्चालन गर्ने बताईसकेको छ । यसको सम्पुर्ण तयारी पुरा भएको प्रिन्सिपल राईले बताउनुभयो ।

नेशनल एकेडेमी अन्तर्राट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूल तथा कलेज हो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic