प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण शिक्षा

  • भदौ १५, २०७८
  • ७,४४३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१४ भाद्रः इटहरी स्थित एक होटलमा आयोजित कार्यक्रमका सहभागी विद्यार्थीैहरले शिक्षालयमा पारीवारीक वातावरण हुनु पर्नेमा जोड दिएकाछन् ।

240835953_121406390242598_2908176791586787611_n

प्राईम भिजन कलेज धरान–१०ले कलेजमा कक्षा ११ मा एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट(एडिएचएम) र म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार आयोजना गरि अभिमुखिकरण कार्यक्रमका सहभागी विद्यार्थीहरुले सो कुरा वताएका हुन् ।

कलेजमै अध्ययनरत विद्यार्थी प्रकाश राईले कलेजमा घरको जस्तै अनुभूति भएको र शिक्षकहरु पनि फ्रेन्ड्ली भएको हुदा ग्रुपिज्म नगरी सबैसङ्ग एउटै घर परिवार जस्तै ब्यबहार गर्न नव आगन्तुक बिद्यार्थीहरुलाई आग्रह गरे।

त्यस्तै अर्कि छात्रा अन्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययन गरिने हुनाले सबैले एक–आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताईन।

इटहरी स्थित गोरखा होटलमा आयोजित कार्यक्रममा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकले लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए।

नेपाल पत्रकार महासङ्घ सुनसरीका सह(सचिब भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै नव आगन्तुक बिद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरे।

कलेजको तर्फबाट बिद्यार्थीहरुलाई एक÷एक सेट पुस्तक, झोला, ट्याब्लेट र किचन किट प्रदान गरिएको थियो।
सो कार्यक्रममा पुर्वान्चल डिबिआर टिभिका संचालक एबम् अनलाईन टिभी महासङ्घ सुनसरीका अध्यक्ष दिल बहादुर राई, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्की लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा छात्र सन्देस पाल्पाली र छात्राअम्बिका लिम्बुले स्वागत मन्तब्य राखेका थिए कार्यक्रमको सञ्चालन कलेजका लेखापाल रोस्मिता श्रेष्ठले गरेकी थिइन।

240835953_121406390242598_2908176791586787611_n 240685835_121406436909260_441980749982619788_n 240757394_121406970242540_243853394796725162_n 240950516_121406613575909_6402448851469381541_n 240869029_121407003575870_1729173183160806858_n 240835953_121406390242598_2908176791586787611_n 1 240827856_121406823575888_3607829924212752715_n 240793029_121406713575899_6317210116717871260_n

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic