यु.एन.नबोदयका दिपेनलाई फेरी अर्को सफलता

  • भदौ २०, २०७८
  • ७,६२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० भाद्र ः सिर्जनशीलता र प्रतिभालाई कसैले रोकेर छेकेर छेकिदैन भन्ने कुराको ज्वालन्त उदाहरण वनेकाछन् । युएन नवोदन कलेज धरानका विद्यार्थी दिपेन भण्डारी ।

केही महिना मात्रै ¥याडिकल लाईट नेपाल प्रा.लि.द्धारा आयोजित एसइई स्पिकर सिजन वान प्रतियोगितामा प्रथम उपाधी पार्न सफल वनेका भण्डारीले फेरी अर्को उपाधी हात पारे ।

राष्ट्रीय बाल दिवस २०७८ को अबसरमा सामुदायिक बिकास मञ्च नेपाल धनकुटा र मानव अधिकार मन्च नेपाल इलामको संयुक्त आयोजनामा शनिबार भएको धनकुटा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगितामा यु.एन.नबोदय कलेज धरानका दिपेन प्रथम भएका हुन।

भर्चुअल माध्यमद्वारा भएको प्रतियोगीतामा धनकुटाको महालक्ष्मी नगरपालिका स्थित जनता मा.बि. का रबि पौडेलले दोश्रो स्थान हात परेका थिए भने पाख्रीबास नगरपालिका स्थित भारती मा.बि.कि कोपिला पोख्रेलले तेश्रो स्थान हात पार्न सफल वनेकी थिइन् ।

प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैकल्पिक उपायहरु बक्तृत्वकलाको शीर्षकमा उनीहरुले आफ्नो तर्क पेस गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगीतामा १८ बर्ष मुनिका बालबालिकाहरु सहभागी गराइएको थियो ।

एस.ई.ई.स्पीकरको बिजेता भएपछी दिपेन यु.एन.नबोदय कलेजले प्रदान गरेको पुर्ण छात्रबृत्तिमा साईन्स बिषय लिएर कक्षा–११ मा अध्ययनरत छन।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic