यु.एन.नबोदयका दिपेनलाई फेरी अर्को सफलता

  • भदौ २०, २०७८
  • ७,६६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० भाद्र ः सिर्जनशीलता र प्रतिभालाई कसैले रोकेर छेकेर छेकिदैन भन्ने कुराको ज्वालन्त उदाहरण वनेकाछन् । युएन नवोदन कलेज धरानका विद्यार्थी दिपेन भण्डारी ।

केही महिना मात्रै ¥याडिकल लाईट नेपाल प्रा.लि.द्धारा आयोजित एसइई स्पिकर सिजन वान प्रतियोगितामा प्रथम उपाधी पार्न सफल वनेका भण्डारीले फेरी अर्को उपाधी हात पारे ।

राष्ट्रीय बाल दिवस २०७८ को अबसरमा सामुदायिक बिकास मञ्च नेपाल धनकुटा र मानव अधिकार मन्च नेपाल इलामको संयुक्त आयोजनामा शनिबार भएको धनकुटा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगितामा यु.एन.नबोदय कलेज धरानका दिपेन प्रथम भएका हुन।

भर्चुअल माध्यमद्वारा भएको प्रतियोगीतामा धनकुटाको महालक्ष्मी नगरपालिका स्थित जनता मा.बि. का रबि पौडेलले दोश्रो स्थान हात परेका थिए भने पाख्रीबास नगरपालिका स्थित भारती मा.बि.कि कोपिला पोख्रेलले तेश्रो स्थान हात पार्न सफल वनेकी थिइन् ।

प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैकल्पिक उपायहरु बक्तृत्वकलाको शीर्षकमा उनीहरुले आफ्नो तर्क पेस गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगीतामा १८ बर्ष मुनिका बालबालिकाहरु सहभागी गराइएको थियो ।

एस.ई.ई.स्पीकरको बिजेता भएपछी दिपेन यु.एन.नबोदय कलेजले प्रदान गरेको पुर्ण छात्रबृत्तिमा साईन्स बिषय लिएर कक्षा–११ मा अध्ययनरत छन।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic