छाल खवर
धरान,२४ असोज ः धरान–१२ स्थित सुनाखरी एकेडेमीले शेयर कारोबार सम्वन्धि जानकारी दिने उदेश्यले शुक्रबार एक दिने तालिम सम्पन्न गरेको छ ।
विद्यालयस्तर देखि नै जीवन उपयोगी शिक्षा दिने उदेश्य राखिएको सो कलेजले विभिन्न उपयोगी कार्यहरुमा शिक्षा दिदै आएको छ ।
जीवन उपयोगी र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले शेयर कारोबारसम्बन्धी शिक्षा दिएको हो ।
एकेडेमीका प्रिन्सिपल मिलन राईका अनुसार सो तालिमबाट विद्यार्थीहरुले सेयर कारोबारबारे ज्ञान हासिल गरेपछि पढाईसँगसँगै आम्दानी पनि गर्न सक्ने भएकोले कार्यक्रम आयोजना गरिएको हो ।
कलेजको अध्ययनको विषयमा पनि शेयरको विषयमा अध्ययन गर्नुपर्ने भएकोले व्यावहारिकरुपमा नै अनुसरण गराउन कार्यक्रम गरिएको प्रिन्सिपल राईको भनाई रहेको छ । सुनाखरीले यो बर्षदेखि कक्षा–११ र १२ मा व्यवस्थापन संकायको अध्यापन शुरु गरेको छ ।
पछिल्लो समय शेयर कारोवारको निकै ठूलो कारोवार हुन थालेको छ ।
कार्यक्रममा शेयर कारोबार बारे एकेडेमीकै पुर्व विद्यार्थी दिपा लिम्बूले सहजीकरण गरेकी थिइन् ।
सो तालिममा सेयर कारोबार कसरी गर्ने, यसबाट हुने फाइदा लगायतको बारेमा आधारभुत जानकारी गराएकी थिइन् । लिम्बु विगत ६ बर्षदेखि सेयर कारोबारमा संलग्न रहेकीछिन् ।
सबैले डिम्याट खाता खोलेर सेयर कारोबार गर्न पनि आग्रह गरिन् ।
उनले थोरै रकमबाट पनि शेयर कारोवार गर्न सकिने तर्फ समेत जानकारी दिएकीथिइन । कार्यक्रममा शिक्षक आनन सुब्बाले पनि सेयर कारोबार र खाता खोल्नेबारे जानकारी गराएका थिए ।
व्यवहारीक शिक्षामा जोडदिदै आएको सुनाखरीले यस अघि पनि यस्तै व्यवहारीक ज्ञान दिदै आएको प्रिन्सिपल राईको भनाई रहेको छ । पढाईका अतिरिक्त व्यवहारीक ज्ञान समेत दिदै आएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic