इलाम नगरपालिकाले कृषि क्याम्पस सञ्चालनमा ल्याउने चलाउने

  • असोज ३०, २०७८
  • १,९३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इलाम,३० असोज ः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो।

इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए।

कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो।

आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ।

पहिलो सेमेष्टरको लागि ४० विद्यार्थीमात्र भर्ना गरिने छ। चार वर्षपछि पूर्ण रुपमा क्याम्पस सञ्चालन हुँदा १६० विद्यार्थी हुनेछन्।

विज्ञान विषय लिई १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी, आईएससी गरेका, सिटिइभिटीइमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएससीएजी पढ्न पाउनेछन्।

यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ। अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दसैंपछि सम्बन्धनको प्रक्रिया टुङ्गिने बुझिएको छ।

क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन अध्यापन गराइनेछ। क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले बेहोर्ने बताइएको छ।
राससबाट

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic