विपीका डा.लोकबहादुर श्रेष्ठलाई न्युसाउथ वेल्समा विद्यावारिधीका लागि छात्रवृत्ति

  • कार्तिक ३०, २०७८
  • १,७०५ पटक पढिएको
  • छाल खबर
alt

श्रीशीशा राई
धरान,३० कार्तिक ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक डा. लोकबहादुर श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्युसाउथ वेल्समा विद्यावारिधि अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाछन् ।

उक्त विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० मध्ये एक विश्वविद्यालय मानिन्छ । डा. श्रेष्ठले प्राप्त गरेको छात्रवृत्तिलाई साइन्सिया स्कलरसिपका नामले चिनिन्छ जुन चिकित्सा अध्ययनमा विश्वकै एक उत्कृष्ट र सम्मानित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउने उनी नेपालका पाँचौ र विपी प्रतिष्ठानका पहिलो चिकित्सक हुन् ।

४ वर्षे विद्यावारिधी अध्ययनका लागि दिइने यस छात्रवृत्ति करिब चार करोड नेपाली रुपैया बराबरको हुन्छ । छात्रवृत्तिको प्रावधान अनुसार अध्ययनका लागि डा. श्रेष्ठ अष्ट्रेलियामै रहनुपर्नेछ । निकट भविष्मै परिवार सहित अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी गराएकाछन् ।

यसैका लागि उनले विपी प्रतिष्ठानको एसिस्टेन्ट प्रोफेसर पदबाट राजीनामा गरिसकेकाछन् ।‘सार्स कोभ २ भाईरस’ विद्यावारिधीका लागि उनको अध्ययनको विषय हो ।

यस अन्तर्गत उनले कोभिड १९ सम्बन्धि खोज अनुसन्धान गर्नेछन् । ‘कोभिड १९ सम्बन्धमा विश्वले हालसम्म नदेखेको वा थाहा नपाएको नयाँ कुरा पत्ता लगाउने प्रयास हुनेछ’ उनले भने । कोभिडको पहिलो चरणदेखि यता विपी प्रतिष्ठानमा खटिने फ्रन्टलाइनर मध्ये उनी एक हुन् ।

उनले कोभिड महामारीमा डेस्क इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । धरान नगरमा डेँगुको महामारी फैलिएको अवस्थामा यसको नियन्त्रण र अनुसन्धानका लागि बनेको टीममा उनको महत्वपुर्ण योगदान रहने गरेको थियो ।

चिनबाट एमविविएस गरेका डा. श्रेष्ठले कोशी अञ्चल अस्पतालबाट इन्टर्नसिप र विपी प्रतिष्ठानबाट एमडी गरेका हुन् । उनले मायक्रोबायोलोजी एण्ड इन्फेक्सियस डिजिजमा एमडी गरेका हुन् । उनले बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेशनबाट बेष्ट रिसर्चरको उपाधी प्राप्त गरिसकेकाछन् ।

उनले विभिन्न छात्रवृत्ति अन्तर्गत बेलायत, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, अस्ट्रेलिया, सिंगापुर जस्ता देशमा आफ्नो अनुसन्धान प्रस्तुत गरिसकेका छन् ।

इटहरी १९, भवानीपुर निवासी साधारण किसानका छोरा डा. श्रेष्ठ विद्यालय तहदेखि नै मेधावी विद्यार्थी थिए । उनले सयपत्री सेकन्डरी स्कुल तरहरामा माध्यामिक तह अध्ययन गरेका हुन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic