प्राइम भिजनमा साइग्रेसको ‘स्टोरी’

  • मंसिर १, २०७८
  • २,११७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ मंसिर ः कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् ।

वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ ।

2 final 1

धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा सम्पन्न भएको छ । १५ नोभेम्बरमा धरानमा उनको प्रस्तुतिमा युवाहरु उत्साहित देखिए ।

‘स्टोरीटेलर’ साइग्रेस ‘वर्ड टुर विथ साइग्रेस’ का क्रममा धरानको एकमात्र ‘एडिएचएम कलेज’ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज विधार्थीहरुले कार्यक्रम व्यवस्थापनमा विषेश भूमिका देखिएका थिए ।

3 final 1

आफ्नो धरान बसाइको अन्त्यमा प्राइम भिजनका विद्यार्थीलाई साइग्रेसले उत्प्रेरणामुलक कथा र जीवनका अनुभव बाँडे साथै कार्यक्रममा सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याए वापत प्राइम भिजन परिवार एवम विद्यार्थीहरुलाइ विषेश धन्यवाद व्यक्त गरे ।

4 final 1

5 final

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic