एमालेद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण

  • पुस २, २०७८
  • ९२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः नेकपा एमाले १४ नं. वडा कमिटीले स्थानीय दन्तकाली मावि. धरान १४ का विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।

सो स्विटर वितरण कार्यक्रममा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई वितरण गरीएको हो ।

वडाकमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

photo 3 5

कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, धरान सहइञ्चार्ज ऋषिराज राई, नगर अध्यक्ष हर्क एभेङ, नगर सदस्य सुरेन्द्र घिमिरे,झरना सुनुवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ९५ जना विद्यार्थीले स्विटर, दन्तकाली मा.वि.का कक्षा १०का विद्यार्थीले उपमेयर सामु कोचिङ कक्षा चलाउन र शिक्षकलाई समयमा कक्षामा पठाउन अनुरोध समेत गरेका थिए ।

सुखमा पनि एमाले दुःखमा पनि एमाले जनताको घर घरमा एमाले भन्ने नारा अन्र्तगत यो कार्यक्रम गरीएको नगर कमिटी सदस्य सुरेन्द्र घिमिरेले वताए ।

कमिटी गठन पश्चात नव गठित कमिटीले पछिल्लो समय विभिन्न गतिविधि गर्दै पार्टीलाई सकृय वनाउदै आएको छ

2 final

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic