पत्रकार माथि आक्रमण गर्नेलाई कार्वाहीको माग

  • पुस ४, २०७८
  • २,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ पुष ः नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा रहेर पत्रकारीता गदै आएका दिलबहादुर राईमाथि आक्रमण गर्नेलाई पहिचान गरी कार्वाही गर्न माग गरेको छ ।

कामको शिलशिलामा पुस ३ गते राति धरान– १५ स्थित बगरकोटमा अराजक समूहले पत्रकार राई माथि आक्रमण गरी घाइते वनाएको थियो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाएको छ ।

संचार माध्यममा कार्यरत पत्रकारलाई कुनै पनि कारणले गरिएको यस्तो घृणीत कार्यप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी खेद प्रकट गर्दछ सचिव धु्रव ढकालद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार दिलबहादुर राईको जिउ ज्यानको सुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग समेत महासंघले गरेको छ ।

पत्रकार राईलाई हातपात गर्ने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न जिल्ला प्रशासन सहित जिल्ला प्रहरी कार्यालय समक्ष माग जोडदार माग गरीएको छ ।

घाइते राईको टाउकोमा १४ भन्दा वढी टाका लागेको छ ।

त्यसैगरी प्रेस सेन्टर नेपाल सुनसरीले पनि छुट्टै विज्ञप्ति जारी घटनाको निन्दा गरेको छ ।

सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीद्धारा जारी विज्ञप्तिमा घाइतेको तत्काल उपचारको व्यवस्था गर्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरीएको छ ।

सोही समाजवादी प्रेस संगठनका सुनसरी अध्यक्ष प्रेम वास्तोलाले पनि घटनाको निन्दा गर्दै दोषिलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेकाछन् ।उनले घाइतेको स्वास्थ्य लााभको कामना गरेकाछन् ।

 

 

 

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic