सुनाखरी एकेडेमिका बिद्यार्थीद्वारा कृषि क्षेत्रको अवलोकन भ्रमण

  • पुस २५, २०७८
  • ४,१०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ पुष ःविद्यार्थीहरुलाई कृषि क्षेत्रको उत्पादनको वारेमा जानकारी दिन सुनाखरी एकेडेमि धरान–१२ स्थितमा कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुलाई शनिवार कृषि क्षेत्रको अवलोकन भ्रमण गराइएको छ।

एकेडेमीले बिद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बु र सीता खापुङ्ले सञ्चालन गरेको न्यु होप कृषि फर्म लगायत विभिन्न तरकारीजन्य र खाद्यबालीको अवलोकन गराईएको थियो।

88

फर्म सन्चालक लिम्बुले एक बर्ष अगाडि कोभिड–१९ ले बिश्व मानव जगतलाई नै त्रसित र निरास बनाएको बेला नयाँ आशाका साथ आफ्नै देसमा केही गर्नुपर्छ भनेर आफुले न्यु होप कृषि फर्म खोलेर तरकारी, खाद्यबाली, बङ्गुरपालन सुरु गरेको कुरा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए।

लिम्बुले भने, मैले जे गर्दैछु यसबाट नया युवा पुस्ता पनि कृषि पेशा प्रती आकर्षित होउन। कक्षा(११ कि छात्रा सुदा साम्बाहाम्फेले अचार खान भनेर हौसिदै मुला उखेल्दा उनकी साथि प्रीया खापुङ्ले खिचिक्क फोटो खिची दिइन। सन्चिता राईले हरियो साग टिप्दै भनिन, ूआहा क्या राम्रो साग।

44

कक्षा–११ कै छात्र रोदन राई भने घरी धनिया टिप्थे भने घरी टमाटर टिप्थे। शिक्षिका उमा लिम्बू भने आफ्नै बारिमा भएको साग जस्तै लाग्यो भन्दै साग टिपि रहेको देखिन्थिन।अर्का छात्र मनिष पोद्दारले कृषि क्षेत्रको भ्रमण गर्न पाउँदा धेरै खुशी लागेको बताए।

सहरमा प्राय सबैले बजारबाट तरकारी र खाद्यान्न किनेर खाने गरेको तर अवलोकन भ्रमणका क्रममा बिद्यार्थीहरुले आफैले साग, टमाटर, मुला, धनिया टिपेर अवलोकन पश्चात् खाना बनाएर खाएको हुदा बिद्यार्थीहरुले ब्यबहारिक रुपमा ज्ञान हासिल गरेको प्रीन्सिपल मिलन राईले जानकारी दिए।

उनले भने, हाम्रो देस कृषि प्रधान देस हो त्यसैले देस( बिदेसका टाढा र महङ्गा ठाउमा भन्दा नजिकै रहेको कृषि क्षेत्रको अवलोकन गराएर बिद्यार्थीलाई ब्यबहारिक ज्ञान दिएका हौ।

55

प्रीन्सिपल राईका अनुसार भ्रमण गरि सकेपछी भ्रमणमा सहभागी सबै बिद्यार्थीहरुलाई प्रतिबेदन लेख्न लगाई प्रथम, द्वितीय र तृतिय हुने बिद्यार्थीहरुलाई माघ–८ गते कक्षा–११ का लागि गरिने स्वागत कार्यक्रममा पुरस्कृत गरिनेछ।

शुक्रबार कक्षा(११ मा अध्ययनरत बिद्यार्थीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा नेपाल पत्रकार सुनसरीका पुर्ब अध्यक्ष राजेस बिद्रोहिले प्रतिबेदन लेखन सम्बन्धी अभिमुखिकरण गरेका थिए। प्लस टु कोअर्डिनेटर टप कुमार राईले कृषि क्षेत्रको अवलोकन गराए पछि बिद्यार्थीहरुले कुन कुन तरकारी र बाली कसरी लगाइन्छ भन्नेबारे सिकेको हुनाले अवलोकन भ्रमण उपलब्धी मुलक भएको जानकारी दिए।

su6

एकेडेमिका निर्देसक प्रदिप राईले कृषिजन्य क्षेत्रको भ्रमणले भबिष्यमा कृषि पेशाप्रती लाग्न चाहने बिद्यार्थीका लागि प्रेरणादायी हुने बताए।

अवलोकन भ्रमणमा नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, महासङ्घका पुर्ब उपाध्यक्ष पत्रकार सन्तोष काफ्ले र शिक्षक आनन सुब्बा समेत सहभागी थिए।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic