नगरप्रमुख चौधरीले पत्रकारलाई गरेको गाली वेइजती प्रति पत्रकार महासंघ, समाजवादी प्रेस संगठन लगायत संघसंस्थाको आपत्ती

  • माघ २९, २०७८
  • ४,६०८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ माघ ः इटहरीबाट प्रकाशित प्रदेश पोर्टल डटकमका प्रवन्ध सम्पादक प्रेम वास्तोलालाई इटहरी नगरप्रमुख द्धारीकालाल चौधरीले गरेको गाली वेइज्यातिको संगठनहरुले भत्र्सना गरेकाछन् ।

नगरप्रमुख चौधरीले बास्तोलालाई पोर्टलमा प्रकाशित बिचारको विषयलाई लिएर सामाजिक सञ्जालमा गाली वेइजती सहितको धम्किपुर्ण कमेन्ट गरेपछि पत्रकार संगठनहरुले सो भत्र्सना गरेका हुन् ।

fnj sunsari

नगरप्रमुख चौधरीले प्रदेश पोर्टलमा बुधबार प्रकासित टिप्पणीमुलक बिचारलाई लिएर सामाजिक सन्जालमा गाली बेइज्जती सहित छुद्र कमेन्ट गरेका थिए ।

प्रदेश पोर्टलकै पत्रकार प्रकाश बन्जराले लेखेको “इटहरीका चामल चोरहरूसँग जनताको अपेक्षा र स्थानीय तहको निर्वाचन” शीर्षकमा प्रकाशित भएको बिचार सामाजिक सन्जालमा सेयर भएपछि त्यही मेयर चौधरीले कमेन्ट गर्दै धम्किपुर्ण भाषामा गाली गरेका थिए ।

चौधरीले “बास्तोला दूधले नुहाएको मान्छे हुन र ? यो इटहरी आउँदा के लिएर आएको थियो ? ” भन्दै कमेन्ट गरेका छन् लगातार कमेन्ट गर्दै मेयर चौधरीले “चोरका खन्तीहरू’, ‘चुतियाहरू’, ‘बास्तोला मेरो अगाडी आऊ मुखमा मुतिदिन्छु’, ‘बास्तोला हिम्मत छ सम्पत्ति शुद्धीकरण सँगै निवेदन दिऊ । तिमिलाई चुनौती ।” जस्ता प्रतिक्रिया दिएका छन् ।

samajwadi

भर्खरैमात्र आफनै कार्यलयमा सेवा लिन आएकी सेवा ग्राही २ महिलालाई गाली गरेपछि अदालतसम्म पुगेका चौधरी पत्रकारलाई धम्किपुर्ण गाली गर्दै पुनः विवादमा मुछिएका छन् ।

लेखकले सोही समाचार र महालेखाको प्रतिवेदनलाई टेकेर स्थानिय तहको चुनाव घोषणा भइसकेको अवस्थामा यस्ता जनप्रतिनिधिबाट के आशा गर्ने ? भन्ने आशय सहितको बिचार प्रदेश पोर्टलमा प्रकाशन गरेका थिए तर नगरप्रमुख चौधरीले सोहि बिचारसँग अव्जेक्सन गर्दै छुद्र र अपाच्य कमेन्ट गरेका हुन ।

नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रबार एक विज्ञप्ती जारी घटनाको निन्दा गरेकाछन् ।

महासंघको सुनसरी जिल्ला सचिव धुव ढकालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति चित्त नबुझेमा त्यसउपर कानुनी उपचार खोजिनु पर्ने विकल्प हुदा हुँदै सार्वजनिक निकायका मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यत्तिले यसप्रकारले पत्रकारलाई अपशव्द प्रयोग गर्दै धम्क्याउनु दुःखद भएको टिप्पणी गरिएको छ ।

महासंघले मेयर चौधरीले गरेको यसप्रकारको कार्यको निन्दा गर्दै पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

यसैगरी समाजवादि प्रेस संगठनको केन्द्रिय कार्यलयले समेत शुक्रबारै विज्ञप्ती जारी गर्दै पत्रकार तथा संचारसंस्थाका प्रतिनिधिलाई गरिएको गाली बेजइती प्रति खेद प्रकट गरेको छ ।

बास्तोला समाजवादी प्रेस संगठन नेपालका सुनसरी अध्यक्ष समेत हुन । बास्तोलाले भने गाली बेइज्जती बिरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।
नगर प्रमुख चौधरी एकपछि अर्को विषयमा विवादित हुने गरेकाछन् ।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic