प्राइम भिजन कलेजमा खेलकुद सप्ताह सुरु

  • फागुन १७, २०७८
  • ३,६३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ फागुन ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (पि.भि.आई.एच.एम.) कलेज धरान–१० ले महाशिवरात्रीको अवसर पारेर मङ्गलबार खेलकुद सप्ताह सुरु गरेको छ ।

उद्घाटन सप्ताहको पहिलो खेल ५ किलोमिटर म्याराथुन दौडाएर उद्घाटन गरीएको थियो । दौड कलेजबाट सुरु भएर कलेजरोड, लक्ष्मी चोक, पृथ्वीपथ, सिंहदेवि चोक, भानुचोक, पुतली लाईन हुँदै पुनः कलेजमै गएर टुङ्गिएको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए।

pvm 2

उद्घाटनमा कलेजको कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत छात्र रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए ।

त्यसैगरी दौडमा रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी उप बिजेता घोषित भएका थिए ।

दौडमा तेस्रो स्थानमा प्रकाश दुमी राई घोषित भएका थिए ।

त्यस्तै छात्रातर्फ कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत हेन्खाम राई विजयी भइन । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् ।

प्रतियोगितामा निकिता श्रेष्ठ उपविजेता बनिन् । तेस्रो स्थानमा विनिता राई आइन् । दौडमा कलेजका ४० जना विद्यार्थीहरुले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।

दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता ुधरान रनु ले गरेको थियो ।
कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल र क्यारेम प्रतियोगीता समेत सम्पन्न गरेको छ ।

कोभिड महामारीका कारण लामो समय देखि विद्यार्थीको अतिरिक्त क्रीयाकलाप ठप्प भइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह प्रदान गर्ने कलेजका सिईओ अभिषेक श्रेष्ठले जानकारी दिए।

दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।
दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता धरान रनले गरेको थियो ।

धरान १० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ ।

कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त कृयाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिईओ अविशेक श्रेष्ठले बताए ।

बिजेताहरुलाई आगामी शुक्रबार समापन कार्यक्रम गरेर पुरस्कार बितरण गरिने कलेजले जनाएको छ।
होटल मेनेजमेन्टको क्षेत्रमा यो कलेज पछिल्लो समय निकै चर्चित वन्दै गएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic