प्राइम भिजन कलेजमा खेलकुद सप्ताह सुरु

  • फागुन १७, २०७८
  • ३,६४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ फागुन ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (पि.भि.आई.एच.एम.) कलेज धरान–१० ले महाशिवरात्रीको अवसर पारेर मङ्गलबार खेलकुद सप्ताह सुरु गरेको छ ।

उद्घाटन सप्ताहको पहिलो खेल ५ किलोमिटर म्याराथुन दौडाएर उद्घाटन गरीएको थियो । दौड कलेजबाट सुरु भएर कलेजरोड, लक्ष्मी चोक, पृथ्वीपथ, सिंहदेवि चोक, भानुचोक, पुतली लाईन हुँदै पुनः कलेजमै गएर टुङ्गिएको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए।

pvm 2

उद्घाटनमा कलेजको कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत छात्र रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए ।

त्यसैगरी दौडमा रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी उप बिजेता घोषित भएका थिए ।

दौडमा तेस्रो स्थानमा प्रकाश दुमी राई घोषित भएका थिए ।

त्यस्तै छात्रातर्फ कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत हेन्खाम राई विजयी भइन । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् ।

प्रतियोगितामा निकिता श्रेष्ठ उपविजेता बनिन् । तेस्रो स्थानमा विनिता राई आइन् । दौडमा कलेजका ४० जना विद्यार्थीहरुले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।

दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता ुधरान रनु ले गरेको थियो ।
कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल र क्यारेम प्रतियोगीता समेत सम्पन्न गरेको छ ।

कोभिड महामारीका कारण लामो समय देखि विद्यार्थीको अतिरिक्त क्रीयाकलाप ठप्प भइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह प्रदान गर्ने कलेजका सिईओ अभिषेक श्रेष्ठले जानकारी दिए।

दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।
दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता धरान रनले गरेको थियो ।

धरान १० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ ।

कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त कृयाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिईओ अविशेक श्रेष्ठले बताए ।

बिजेताहरुलाई आगामी शुक्रबार समापन कार्यक्रम गरेर पुरस्कार बितरण गरिने कलेजले जनाएको छ।
होटल मेनेजमेन्टको क्षेत्रमा यो कलेज पछिल्लो समय निकै चर्चित वन्दै गएको छ ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic