जनता समाजवादी पार्टी धरानद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

  • वैशाख ६, २०७९
  • ४,०३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ वैशाख ःजनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि समाजवादीले सो समिति घोषणा गरेको हो ।

सोमवार धरान–१५ चुम्लुङ हिममा भएको भेलाले आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरु निर्वाचन परिचालन समितिमा रहने नगर अध्यक्ष ताजुप लिम्बूले जानकारी दिएकाछन् ।

घोषणा सभामा बोल्दै प्रमुख अतिथी युवराज कार्कीले चुनाव पार्टीको लागि उत्सव भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भीम राईले गठबन्धनका अगाडि एमालेले चुनाव जित्छु भन्ने सपना नदेख्दा हुने बताए ।

केन्द्रीय सदस्य दीपक मेन्याङ्बोले जनता समाजवादी पार्टीले पार्टीमा स्वच्छ छवि भएका सबै नेता कार्यकर्ता रहेको दाबी गरे ।

केन्द्रीय समिति सदस्य तथा शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीले देशमा सबै जाति समुदाय रहेको भन्दै समानुपातिक समावेशीमा खस आर्यसहितको शिल्पी दलितको पनि समान सहभागिता रहनुपर्छ भनेर आवाज उठाएको बताए ।

केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा अघि बढेको बताए ।

किरात राष्ट्रिय समिति सचिव मानभगत चाम्लिङ धरानमा गठबन्धनको कुरा उठिरहेको छलफल भइरहेको भन्दै गठबन्धन नभए पनि जनता समाजवादी पार्टी एक्लै भए पनि चुनावमा जाने बताए ।

कार्यक्रम सचिव सम्भु राई पृथकले सञ्चालन गरेको घोषणा सभामा उपाध्यक्ष विणापुमा राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

गठवन्धनमा जादा समाजवादीले केही वडा सहित उपमेयर दावी गर्दै आएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic