गठबन्धन गरेर चुनावी मैदानमा उत्रने ४ दलको घोषणा, काङ्ग्रेसलाई मेयर, माओवादीलाई उप–मेयर

  • वैशाख ८, २०७९
  • १,५८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाख ः स्थानिय तहको यही वैशाख ३० गते हुन लागेको निर्वाचनको लागि धरानमा सत्ता गठवन्धन दलहरुबीच गठवन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

गठवन्धनमा जाने ४ राजनीतिक दलहरुबिच सहमती बनेको हो ।

दलहरुले बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा) बिच गठबन्धन गर्ने सहमति भएको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिएकाछन् ।

पोख्रेलले दिएको जानकारी अनुसार गठवन्धनमा भएको सहमतीमा नेपाली काङ्ग्रेसले मेयर र समेत गरेर वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ गरि १३ वटा वडाहरु परेको छ। नेकपा माओवादी केन्द्रले उप–मेयर सहित ३,१५,१७ र २० गरि ४ वटा वडाहरु परेको छ।

त्यसैगरि जसपाको भागमा १० र १९ गरि २ वटा परेको छ भने एकीकृत समाजवादी पार्टीको भागमा भने वडा नम्बर ४ परेको छ। धरानको बृहत्तर बिकासका लागि सहकार्य गरेर जाने सहमती भएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

गठवन्धन दलहरुमा जुन पार्टीका तर्फबाट अध्यक्षको उम्मेद्वार रहन्छ सदस्यहरुका लागि पनि सोही पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने सहमती समेत वनेको पत्रकार सम्मेलनमा वितरण विज्ञप्तिमा उल्लेख गरीएको छ ।

केन्द्र देखि नै गठवन्धन गर्ने सहमति अनुसार स्थानीय स्तरमा पनि भएको वताउदै आन्तरीक रुपमा सामान्नय विवाद भएको र त्यसलाई आन्तरीक रुपमा वसेर पार्टीले समाधान गदै जाने उल्लेख गरेकाछन् ।

उनले आन्तरीक रुपमा रहेको विवाद मिलाउदै गठवन्धनलाई एकढिक्का वनाएर निर्वाचनमा होमिने र परीणाम निकाल्ने दावी समेत गरेकाछन् ।

सवै कुरा मिलाएर गवन्धनका उमेद्वारलाई वहुमतका साथ विजयी गराउने लक्ष्य र उदेश्यले अघि वढने जिकिर गरेका थिए ।

नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुश्मा राईले गठवन्धनको मर्म र भावना अनुसार नै गठवन्धन दलहरु एक ढिक्का भएर अघि वढने वताएकीछिन् । उनले गठवन्धन समयको माग र आवस्यकता भएको दावी समेत गरेकीछिन् ।

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic