गठवन्धनको तर्फबाट धरानको मेयर पदमा नेपाली काङ्ग्रेसका नेता किशोर राईको उमेद्वारी

  • वैशाख १२, २०७९
  • १,५३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाख ः गठवन्धनको तर्फबाट धरानको मेयरमा नेपाली काङ्ग्रेसको तर्फबाट किशोर राई उम्मेदवार हुने भएका छन्।

धरान काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राई धरानको मेयरमा सिफारिस भएका हुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राई धरानको मेयरमा सिफारिस भएको जानकारी दिएकाछन् ।

मेयरमा सिफारीस भएपछि किशोर राईले पार्टीले आफूलाई सिफारीस गरेकोमा खुशी व्यक्त गर्दै समग्र धरानको विकासमा आफू लागी पर्ने प्रतिवद्धता समेत जनाएकाछन् । उनले धरानवासीले आफूलाई सेवा गर्ने मौका प्रदान गर्नेमा ढुक्क रहेको छाल खवरालई प्रतिक्रिया दिएकाछन् ।

राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् भने धरानको पुर्वनगर सभापति पनि हुन् । उनी अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष पनि हुन् । धरानमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर, उपमेयरमा गठबन्धन गरेका छन् ।

धरानको मेयरमा किशोर राईको आउनु पर्नेमा धरानवासीले चाहाना राखेकाछन् ।

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic