‘गठबन्धनले धरानलाई नया गतिदिने विश्वास जनतामा पाइयो’

  • वैशाख १८, २०७९
  • ९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाख ः वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन ।

मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नया गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनिहरुले बताएका हुन ।

चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरुले उत्साहपूर्ण रुपमा स्वागत गर्दै गठबन्धनप्रति ठूलो आशा र भरोसा रहेको बताएको उम्मेदवार व्दयले बताए ।

उनिहरुले धरानका ७ वटा वडाहरुमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरु सहित घरदैलो पुरा गरिसकेका छन । शनिवार साँझ घरदैलो कार्यक्रम सकेर फर्किएपछि मेयरका प्रत्याशी किशोर राई, उपमेयरका प्रत्याशी आइन्द्र विक्रम वेघाले पार्टी नेता, पत्रकारहरुसंग सम्पर्क कार्यालय होटल गोर्खामा भएको भेटघाटमा उक्त कुरा बताएका हुन ।

गठबन्धनबाट मेयरका प्रत्याशी किशोर राईले उपनिर्वाचन अघि सम्म लामो समय एउटै पार्टीले हाली मुहाली चलाउँदै आएकोले उपमहानगरपालिकाको नीति निणर्य पारदर्र्शी थिएन जनभावनाको सुनवाई हुन सकेको थिएन त्यसैले धराने जनताले यसपाली गठबन्धनका उम्मेदवारहरुप्रति उत्साही पाएको बताए ।

उनले भने ‘धरानको भविष्य बनाउन धराने जनताको चाहनाको प्रतिनिधित्व गठबन्धनले गर्नेछ, हामी भानुचौकमा आम धरानबासीका विच उपमहानगरपालिकाको योजना, नीति, आर्थिक अवस्था सार्वजनिक गर्नेछौं धरानबासीकै चाहना अनुसार नयाँ काम गर्नेछौं ।’

उनले धरान खानेपानी आयोजना धरानका सबै राजनीतिक पार्टीहरुले ल्याएका हुन । आयोजना प्राविधिक रुपमा सम्पन्न नभई सकेको अवस्थाका कारण खानेपानीको समस्यासंग धरानबासीले सामना गर्नु परेको बताए ।

पछिल्लो समय यसलाई पूर्ण क्षमता सञ्चालन गरी आयोजनको पूर्व घोषित खानेपानी आपूर्तिको लक्ष्य अनुसार वितरणको व्यवस्था गरिने प्रतिबध्दता जनाए । उनले भने ‘उपमहानगरपालिकाको सम्पूर्ण बजेट खानेपानीकै लागि खर्च गर्नुपरे पनि समस्या समाधान गरेर छोडछौ, एक, दुई वर्ष सडक नबन्ला, ससानाका काम नहोला तर खानेपानीको समस्या समाधान गरेरै छाड्छौ ।’

गठबन्धनबाट उपमेयरका प्रत्याशी आइन्द्र विक्रम वेघाले परिवर्तनको पक्षमा रहँदै आएका धराने मतदाताले यसपाली लोकतान्त्रिक र बम गठबन्धनलाई व्यक्ति परिवर्तन भन्दा नेतृत्वमा नयाँ परिवर्तनकारी स्वरुपका रुपमा लिएको बताए । धरानको खानेपानी, सुकुम्बासी समस्या पुरानै छन, उपमहानगर बनेपछि गाभिएका वडाहरुका नयाँ कार्यभार थपिएको बताउँदै भने ‘यस्लाई एउटै पार्टीको नेतृत्वले नयाँ ढंगले समाधान गर्न नसकेकाले गठबन्धनको संयुक्त नेतृत्वप्रति जनतामा नयाँ आशा जागेको देखिएका छ।’

उनले उपनिर्वाचनले उपमहानगरपालिकाको नेतृत्व परिवर्तन गरेपछि नयाँ ढंगले नीतिगत कामहरु भए तर, आधा कार्यकालका लागि मेयर बनेका तिलक राईले कोविड महामारीको समना गर्नुपरेको सबैलाई थाहा भएको बताए ।

कोविड महामारीमा राहत र उद्धारमा उदाहरणिय कार्य, विकास, निर्माणमा राजनीतिक पूर्वाग्रह नराखी समान योजनात वितरणका नयाँ काम भएको बताउँदै उनले भने ‘अब त्यो भन्दा गतिशिल र नयाँ ढंगले धरानको खानेपानी सहित विकास, निर्माण र नीति निणर्यलाई हामी अघि बढाउने छौं ।’ वडाहरुमा जनताका घर दैलोमा पुग्दा गठबन्धनप्रति विश्वास प्रकट गर्दै मतदाताहरुले त्यस्तो सुझाव दिएको उनको भनाई छ ।

गठबन्धन चुनाव प्रचार समितिका संयोजक श्याम पोखरेलको अध्यक्षतामा भएको भेटघाट अन्तरकृयामा पूर्व मेयर तिलक राईले उपमहानगरपालिकामा आफ्नो कार्यकालमा भएका काम कार्वाहीका बारेमा गठबन्धनका उम्मेदवारहरुलाई कसैले प्रश्न उठाए आफु जवाफ दिन साथै रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश १ सांसद चन्द्र प्रसाद श्रेष्ठ, उमिता बराईली सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका नेताहरु उपस्थित थिए ।

क्रियटिभ स्कुल सर्कलद्धारा ५०जना शिक्षिकाहरुलाई मन

छाल खवर धरान,६,वैशाखः क्रियटिभ स्कुल सर्कल धरानले १० विद्यालयका शिक्षिकाहरु ...

धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूल ...

सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृ

छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ...

शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्

छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले ...

सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इ

छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प् ...

एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic