धरानमा गठबन्धनको पक्षमा दिनप्रतिदिन माहौल बन्दै

  • वैशाख १८, २०७९
  • ४,६२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाख ः यही वैसाख ३० गते हुने स्थानीय निर्वाचन तह निर्वाचन अन्तर्गत धरान उमपहानगरपालिकामा गठबन्धनका उमेद्वारहरुको पक्षमा दिनप्रतिदिन माहौल बढ्दै गएको छ ।

लामो समयसम्म उपमहानगरपालिकामा नेकपा एमालले नेतृत्व लिइरहदा धरानको विकास नभएको गुनासो धरानका सर्वसाधारणको गुनासो छ ।

एमालेले २०४८ देखि लगातार २०७४ सालसम्म उपमहानगरपालिकाको नेतृत्व सम्हाले पनि उनीहरुले जनाएको प्रतिवद्धता घोषणापत्रमा मात्र सीमित भएको सर्वसाधारणले बताएका छन् ।

धरानको खानेपानी समस्या, एयरपोर्ट, साकेला पार्क, सपिङ कम्प्लेक्स जस्ता महत्वाकांक्षी योजनामा एमाले गम्भीर नभएको, शिक्षा, स्वास्थ्य र स्वरोजगारका विषयमा माखो केही नमारेको धरानका सर्वसाधारणको आरोप छ ।

बर्षौदेखिको समस्या खानेपानी समस्या जहिल्यै पनि एजेन्डाको रुपमा रहनु विडम्बना भएको धरान १५ का सुवास गुरुङ बताउछन् ।

नेपाली काँग्रेसले थोरै उपमहानगरपालिकाको नेतृत्व सम्हाल्दा खानेपानी समस्या हल गर्न खोज्दा दलीय अवरोध, खानेपानी संस्थानको असहयोग लगायतका विविध कारणले सम्भव हुन नसकेको उनको भनाई छ ।

उनी भन्छन्–लामो समयसम्म नेतृत्व गर्ने नेकपा एमाले काँग्रेसलाई दोषारोपण गरेर आफू पन्छिन् काम ग¥यो, अनुगमनको नाटक गरेर पानी पर्याप्त छ वितरण प्रणाली राम्रो छैन भन्ने निष्कर्ष निकाल्ने, यी सबै नाटक हुन्, भोट आपूmतिर तान्ने मेलो मात्र हो ।’

खानेपानी समस्या बर्षौदेखि भएपनि एमालेले वडा वडामा पुगेर टोल कमिटी गर्दा टोलबासीले गुनासो गरेपछि मात्र अनुगमन गरेको बताउनुले पनि चुनावताकामात्र समस्या देख्नुलाई सर्बसाधारणले कसरी हेर्ने उनले प्रश्न गरे ।

यता सुकुम्बासी, ज्याला मजदुरी गर्नेहरुले समेत यसपटक धरानमा लालकिल्ला तोड्ने प्रतिक्रिया दिदै आएका छन् ।

लामो समयसम्म उपमहानगरपालिकाको नेतृत्वमा आउदा समेत केही गर्न नसक्ने, हिजो जनप्रतिनिधि भएर कावाको जिम्मेवार समेत सम्हालिसकेकालाई फेरि नेतृत्वमा पु¥याउनु भनेको आफूहरुको वेवकुफी भएको बताएका छन् ।

मजदुर गोविन्द घिमिरेले धराने जनताले पटक पटक एमालेलाई नेतृत्वमा पु¥याएर गलत गरेको बताए ।

उनले भने– हामीले एमालेलाई केही गर्छ भनेर पटक पटक जितायौ, तर लामो समय धरान उपमहानगरपालिकाको नेतृत्वमा रहेको एमालेले सर्वसाधारणको ढाडसक्ने गरी महंगी बढ्यो, खानेपानी समस्याका कारण धरानमा विगतको भन्दा अझ जटिल समस्या भोग्नुप¥यो, विकास गरेपनि त्यस्तो देखिने प्रकारको केही विकास गरेको पाइएन, त्यसैले यसपटक गठबन्धनकातर्फबाट काँग्रेसका तर्फबाट मेयरका उमेद्वार बनेका किशोर राई र माओवादीतर्फबाट उपमेयरको उमेद्वारी बनेका आइन्द्र विक्रम बेघालाई नै जिताउनुपर्छ ।’

उनले केही नभए पनि किशोर राई आउदा खेलकुदको उर्वरभूमि धरानमा खेलकुदका पूर्वाधार देखि लिएर खेलकुदका गतिविधि बढ्ने बताए ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic