धरानमा नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माणसम्म

  • वैशाख २१, २०७९
  • ५,९११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाख ः धरानमा नेकपा एमालेले सवैभन्दा पहिला आफ्नो निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गरी आगामी पाँच वर्षमा गर्ने कामको विवरण सहित घोषणा पत्र सार्वजनिक गरेको हो ।

यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी समेत गराएको थियो ।

निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्षसम्म एमालेले गर्ने कामबारे जानकारी गराएकाथिए ।

सुवेदीले एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको वताएकाछन् ।

विगतमा एमालेबाट विजयी जनप्रतिनीधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र हैन, मतदाताहरुको सम्मान पनि भएको सुवेदीले दावी गरेकाछन् ।

धरानलाई साच्चै समृद्ध बनाउनका निमित्त ठुला मेघा प्रोजेक्टहरु संचालन गर्नुपर्ने सुवेदीको भनाई रहेको छ ।

सदियौसम्म धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्नका लागि मेघा प्रोजेक्टको विकल्प नभएको उनको भनाई थियो ।

एमालेले प्रदेश नंबर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ ।

एमालेले निर्माणाधिन बस पार्कलाई पहिलो प्रथामिकतामा राखेको छ भने सप्तरंगी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाईनमा विकास गर्ने योजना वनाएको छ ।

यस्तैगरी शिवजंट्टाको सौन्दर्यकरण त्यस्को बिकास र विस्तार, बिष्णुपादुका, कोका खोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्ट छ त्यसलाई सम्पन्न गर्ने एमालेले योजना ल्याएको छ ।सुरु गरिएको औधोगिक ग्राम त्यसलाई पूरा गर्ने छ ।

व्यवस्थित आधुनिक सहरको नमुनाको रुपमा बनाउनु पर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने जनाएको छ ।

यस्तै ४ नम्बर वडामा मनमोहन पार्क सुरु गरेको र त्यसलाई पुरा गरि ग्रामिण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ । तारे भीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ संचालन गर्ने योजना ल्याएको छ ।

धरानमा केबलकार सञ्चालनको पनि योजना ल्याएको छ । धरानमा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको आदीबासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठूला प्रोजेक्टहरुलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ । ‘नगरपालिकाको आफनो लगानीले मात्र सम्भव छैन ।

हामी सामुहिक निजी साझेदारीको माध्यमबाट यी कामहरु पुरा भईसके पछि धरानको दिर्घकालिन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौ ।’–सुवेदीले भन्नु भयो ।

ड्रिम प्रोजेक्टहरुलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरुलगायतको काम गरेर जाने योजना रहेको उहाँले बताउनु भयो ।

चुनावी सभा २४ वैशाखमा केपी ओलीले सम्वोधन गर्ने

यहि बैशाख २४ गते भानुचौकमा दिउसो १२ बजेबाट धरानको भानुचोकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी सभा गर्ने भएको छ ।

प्रदेश १ लाई नै सन्देश दिने गरि चुनावलाई फोकस गरी पार्टी अध्यक्ष ओलीको उपस्थिति हुने पाटीले जनाएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic