एमालेले सधै जनता ढाटछ यसपाली भोट दिदैनौं

  • वैशाख २६, २०७९
  • ४,२४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ वैशाख ःधरानका सर्वसाधारणले एमाले खोला तरेर लौरो विर्सिने पार्टीको संज्ञा दिएका छन् ।

धरानमा भएका अधिकांशे घरदैलो कार्यक्रममा गठबन्धनका उमेदेवार पुग्दा सर्वसाारणले यस्तो बताएका हुन् ।

गठबन्धनक नेतृत्वलाई सहभागी सर्वसाधारणहरुले लामो समयसम्म धरानमा नेकपा एमालेले उपमहानगरपालिकाको नेतृत्व सम्हाले पनि जितेर गएपछि जनताको समस्यामा केन्द्रित हुने भन्दा पनि आफ्नो, आफन्तको दुहुनो सोझ्याउने काम मात्र गरेको आरोप लगाए ।

केही समय अगाडि धरान १५ मा घरदैलोमा पुगेका गठबन्धनका उमेद्वारलाई स्वागत गर्न पुगेका सर्वसाधारणले नेकपा एमाले घरदैलो कार्यक्रममा पुग्दा यही विषयलाई लिएर विवाद गरेका थिए ।

धरान १५ का सुनगाभा मार्गका एक सर्वसाधारणले लामो समयदेखि एमालेले धरान उपमहनगरपालिकाको नेतृत्व तपाईहरुले सम्हाल्नुभयो, खै के विकास गर्नुभयो, अहिले के मुख लिएर भोट माग्दै हुनुहुन्छ भन्ने प्रश्न गर्दा एमाले नाजावाफ भएको थियो ।

उनीहरुले–‘खोला तरी सकेपछि लौरो नै नचाहिने व्यवहार गरेको आरोप लगाउदै तरीसकेपछि लौरो विर्सिने ?चुनाव नकिजिदै जाँदा जनतालाई यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्ने अनि जितिसकेपछि सर्वसाधारण काम लिएर जाँदा पनि नचिनेको जस्तै गर्ने, सर्वसाधारणले हैरानी व्यहोर्नुपर्ने ? भन्दै दर्जनौं प्रश्न गरेका थिए ।

यस्तै सोमबार गठबन्धनका उमेद्वार धरान १८ मा घरदैलो पुग्दा मतदाताहरुले विगतमा एमालेले जस्तो गल्ति नदोहो¥याउन सुझाव दिएका थिए ।

उनीहरुले धरानको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

धरान पर्यटकीय हव, धरान शैक्षिक हव, धरान स्वास्थ्यको हब लगायतका एजेन्डा पुरानो भएको बताउदै यी एजेन्डा सर्वसाधारणलाई लड्डु खुवाएर भुलाउने एजेन्डा भएको बताउदै खानेपानी सर्वसाधारणको जीवन भएकोले पहिलो प्राथमिकता खानेपानी समस्या समाधानमा लाग्न उनीहरुले गठबन्धनका उमेद्वारलार्इी आग्रह गरेका थिए ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट मेयरका उमेद्वार बनेका किशोर राई र माओवादी केन्द्रबाट उपमेयरका उमेद्वार बनेका आइन्द्र विक्रम वेघाले विगतमा भएका कमी कमजोरीलाई हेरेर गठबन्धन दलले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले मेयर र उपमेयर बन्न मात्र चुनाव लडेको नभई धरानको समग्र विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले विकासका अन्य कुरालाई कटौती गरेर भएपनि खानेपानी समस्यालाई पहिलो प्राथमिकता दिने सर्वसाधारणसमक्ष प्रतिबद्धता जनाएका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic